दुषित पानी पिउनाले चीनमा चार सय विद्यार्थी बिरामी



Download our app to get more features

चाङचुन (चीन), ५ जेठ । उत्तरपूर्वी चीनको एउटा निजी विद्यालयमा अध्ययनरत ३८१ जना विद्यार्थीहरु दूषित खानेपानी सेवन गर्नाले बिरामी परेका छन् ।

जेलिन प्रान्तको फुयुस्थित नम्बर २ प्रयोगात्मक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयबाट फर्केपछि रातिदेखि एकाएक बिरामी परेका स्थानीय प्रशासनले जनाएको छ । 

विद्यालयको फिल्टर गरेको खानेपानीमा अत्यधिक किटाणु रहेको बिरामी विद्यार्थीको नमुना रगत सङ्कलनबाट पत्ता लागेको जनाइएको छ । बिरामीको बान्ताको नमुनामा ‘नोरोभाइरस’ भेटिएको अस्पताल स्रोतले जनाएको छ । 

उक्त विद्यालयमा आठ हजार आवासीयसहित करिब १० हजार विद्यार्थीले अध्ययन गर्ने गरेका र उनीहरु सबैलाई फिल्टर गरेको पानी पाइप लाइनमार्फत दिइने गरेको छ । 

विद्यालयद्वारा व्यवस्था गरेको खानेपानीका कारण विद्यार्थी बिरामी परेको भन्ने रिपोर्ट पछि समस्या थप नबनोस भनी विद्यालयद्वारा आपूर्ति गर्दै आएको खानेपानी बन्द गरिएको छ । 

बिरामी विद्यार्थीमध्ये अस्पतालमा उपचारपछि बिहीबार ५ बजेसम्म १२५ जना अस्पतालबाट घर फर्केका छन् । 

पानीमा भेटिएको सङ्क्रमणका सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ । रासस
 

Last modified on 2017-06-14 16:19:10

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts