औषधि आयातको प्रतिबन्ध फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी



Download our app to get more features

काठमाण्डौ, ४ जेठ । मन्त्रीपरिषद्ले बिदेशी औषधि आयातमा लगाएको प्रतिबन्ध बिरुद्ध आन्दोलनरत नेपाल औषधि आयातकर्ता संघले गरेको आन्दोलनलाई समर्थन गर्दै नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ नेपालले मन्त्रीपरिषद्को निर्णय फिर्ता लिन अपिल गरेको छ ।

नेपाली औषधि उद्योगलाई बहुराष्ट्रिय औषधि उद्योगसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउने निती नियम निर्माण गर्नुपर्ने नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ नेपालले जनाएको छ । संघले त्यसका लागि आयातमा प्रतिबन्ध लगाउनुभन्दा पनि गुणस्तर बृद्धि गर्न अन्तर्राष्ट्रियस्तरकोल्याब नेपालमा निर्माण गर्न माग गरेको हो । 

नेपाली जनताले अन्तर्राष्ट्रिय औषधि उपयोग गर्न पाउनु पर्ने, रोजगारी व्यापार व्यवसाय स्वतन्त्र रुपमा गर्न पाउनु पर्ने भन्दै मन्त्रीस्तरिय निर्णय फिर्ता लिन अपिल गरेको हो ।

आयातमा प्रतिबन्ध लगाइएको ३४ प्रकारका औषधि नेपाली उद्योगमा उत्पादित भन्दा सस्तो र गुणस्तरिय रहेको संघले बताएको छ । सरकारले स्वदेशी उद्योग प्रबर्धन गर्ने निहुमा स्वदेशी औषधि उद्योगहरुलाई एकलौटी मुनाफा आर्जन गर्ने मौका दिन लागेको आरोप समेत लगाएको छ । 

संघले सिमित उद्योगको स्वार्थलाई ध्यानमा राखेर जनताको अधिकारलाई लत्याउने मन्त्रीपरिषद्को निर्णय तत्काल फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । 

नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ नेपालले औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण पत्र दिँदै यस्तो चेतावनी दिएको हो । 

 

 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts