अनुशासनको नाममा बालबालिकालाई दण्ड दिइरहनुभएको त छैन ? एकपटक पढ्नुहोस्



Download our app to get more features

धिकांश अभिभावक आफ्ना छोरा छोरी अनुशासनमा बसुन भन्ने चाहान्छन् । त्यसैले पनि अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई अनुशासन सिकाउने नाममा बिभिन्न प्रकारका डर त्रास देखाई रहेका हुन्छन् । अझ कतिपय अभिभावकले आफ्ना साना बालवालिकालाई बिभिन्न प्रकारका दण्ड सजाय पनि दिइरहेका हुन्छन् । मनोविज्ञहरुका अनुसार अनुशासनको नाममा दिइने दण्ड सजायले बालबालिकाहरुलाई अनुशासनमा ल्याउनुको सट्टा अझ बढि उदण्ड स्वभाव बनाउँछ । त्यसैले यास बिषयमा अभिभावकहरुले ध्यान दिनु अत्यन्तै जरुरी छ ।  

दण्ड शब्द नकारात्मक हो । यसले जो कोहिको मष्तिस्कलाई चोट पुर्याउनुका साथै निस्क्रिय समेत बनाउदै लान्छ । एउटा अध्ययनका अनुसार, दण्ड पाइरहने बालबालिका र किशोरकिशोरी रुखो र उदण्ड स्वभावका हुन्छन् । साथै उनिहरुको समायोजन क्षमता पनि ज्यादै कम हुन्छ । पछि गएर बैवाहिक जीवनलाई समेत स्वास्थ्य र सन्तुलन राख्न नसक्ने प्रवृतिमा पुगिसकेका हुन्छन् । त्यसैले दण्डलाई सामान्य रुपमा हेरिनु हुँदैन । यातनापूर्ण दण्डलाई स्विकार्न नसक्दा कति विद्यार्थी स्कुल या कलेज मात्र नभई घर छोडेर भाग्ने गर्दछन् । यस्ता विद्यार्थीहरु कत्ति दुब्र्यसनीको सिकार हुन्छन् भने कतिपय चाहि आत्महत्या र बलत्कार जस्ता जघन्य अपराध गर्न पुग्छन् ।

अनुशासन सिकाउने नाममा स्कुल कलेजमा या घरभित्र दिईने दण्ड, त्यो इनामसँग सन्तुलित रुपमा रहनु पर्दछ । केटाकेटी र किशोरकिशोरीलाई डर त्रास उत्पन्न भइरहने किसिमको भौतिक दण्ड प्रयोग गर्नु हुँदैन । 

असामान्य रुपमा यातना दिने कार्यले अनुसासन हिनलतालाई अझ बढुवा दिन्छ । अधिकांश शैक्षिक संस्था होस् या अभिभावकले आफ्ना विद्यार्थी वा सन्तानले राम्रो काम गरेमा वास्ता नगर्ने तर नराम्रो काम गरे अस्वभाविक रुपमा गाली गर्ने गरेको पाईन्छ, यो गलत हो । राम्रो काम गरे स्याबासी वा इनाम दिने र नराम्रो काम गरे उनिहरुलाई महसुस गराउन सक्ने तरिकाले सम्झाउन सके उनिहरु अनुशासनको घेरामा आउछन । त्यसैले आफ्ना  सन्तान हुन् या बिद्यार्थी उनिहरुलाई दिइने इनाम र दण्डमा सन्तुलन राख्नु जरुरी छ ।

Last modified on 2017-06-14 16:23:47

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts