उच्च रक्तचापलाई जडैदेखि हटाउन अपनाउनुस् यो सजिलो उपाय

सन्दर्भ : विश्व उच्च रक्तचाप दिवस



Download our app to get more features

आज विश्व उच्च रक्तचाप दिवस, नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैँछ । अहिलेको समयमा उच्च रक्तचाप हाम्रो जीवनमा सामान्य रोग बनिसकेको छ । उच्च रक्तचाप (High Blood Pressure) वा हाइपरटेन्शन (Hypertension) सुन्नमा सामान्य तर महामारी रोग हो । यो रोग वर्तमान समयमा विश्वभर नै तिव्र गतिमा फैलिँदै गइरहेको छ । बदलिँदो समय र नियमितको भागदौडले हामीले आफ्नो खानपानमा समावेश गर्ने गरेको फास्ट फूड, त्यसमा प्रयोग हुने विभिन्न किसिमका पदार्थ र तनावले गर्दा उच्च रक्तचापले सजिलै च्याप्ने गर्छ । त्यसैले उच्च रक्तचापबाट जो कोही पनि सजिलै ग्रसित हुने गरेका छन् । उच्च रक्तचापले मुटुको रोग, स्ट्रोकका साथै मलद्वार सम्बन्धी रोग लाग्ने पनि खतरा हुन्छ ।

उच्च रक्तचाप सामान्य रोग बुझिने भएकाले बजारमा यसका लागि विभिन्न औषधिहरु पनि पाइन्छन् । जुन औषधिले उच्च रक्तचापलाई नियन्त्र गर्ने काम गर्छ । तर, धेरै औषधि सेवन गर्नाले पनि हामीलाई नराम्रो असर गर्न सक्छ । धेरै औषधि खाइ रहनाले पछि ती औषधिहरुले काम गर्नै छाड्छन् ।

उच्च रक्तचापका लागि पूर्णरुपले औषधिमा नै निर्भर हुनु राम्रो भने होइन । किनकी औषधिको सेवनले तपाईँलाई सन्चो भएपनि यसले लामो समयसम्म भने आफ्नो प्रभाव देखाउन सक्दैन । जबसम्म तपाईँ औषधि खानु हुन्छ त्यति समयको लागि मात्रै फाइदाजनक हुन्छ । 

उच्च रक्तचापलाई पूर्णरुपले निको पार्न बाजारका औषधिहरुले सक्दैन । यदि तपाईँ वा तपाईँको कोही आफ्नोलाई यो रोगबाट छुट्कारा पाउन चाहनु हुन्छ भने त्यसका लागि आयुर्वेद भन्दा राम्रो उपचार अरु केही छैन ।

आज उच्च रक्तचाप दिवसको अवसरमा हामी तपाईँलाई यस्तो उपाय बताउने छौँ जसले तपाईँ उच्च रक्तचापलाई नियन्त्रणमा गर्न सक्नु हुनेछ । आज हामी जुन उपायको बारेमा तपाईँलाई बताउँदै छौँ त्यसले तपाईँको  Hypertension अर्थात् उच्च रक्तचापलाई जडैदेखि हटाउन सक्ने क्षमता राख्छ । साथै यो उपाय अपनाउनाले रक्त धमनिहरुलाई पनि सफा गर्ने काम गर्छ  । 

जानौँ रक्तचाप जडैदेखि हटाउने गजवको उपायबारे :

 
सामग्री :

 cm अदुवा

४ कागती (बोक्रा सहितको)

४ लसुनको गेडा

२ लिटर शुद्ध पानी 

विधि :

पहिला कागतीलाई दुई टुक्रा बनाएर काट्ने । त्यसपछि अदुवा र लसुनको बोक्रा हटाएर पानीले पखाल्ने र काटेको कागती सँगै मिक्सचरमा पिस्ने । अब त्यस मिश्रणलाई एउटा सफा भाँडोमा निकालेर राख्ने र थोरै–थोरै पानी राखेर मधुरो आगोमा पकाउने । जब यो मिश्रण राम्ररी पाकि सक्छ अनि सेलाउन दिने । सेलाइ सकेपछि उक्त मिश्रणलाई सफा काँचको बोतलमा राखेर फ्रिजमा राख्ने ।

तयार मिश्रणलाई नियमित दिनमा दुई पटक खाना खानु भन्दा करीब २ घन्टा पहिले खाने गर्नुपर्छ । नियमित सेवन गरेको केही समयपछि तपाईँ आफ्नो प्रेसर जाँच गराउन सक्नु हुनेछ । नतिजा तपाईँले सकारात्मक र अविश्वनिय रुपले राम्रो पाउनु हुनेछ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-14 16:24:13

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

11 Comments

  1. Yo ramro cha

  2. cm aduwa vannale kasto ho n kati size ko halnu parxa

  3. pakaune matr spast vexa pakauda khery pani 2liar vnexa purai halne ki kati, ani khada kheri kati khane spast gardinu pariyo

  4. Jankari ko lagi dhanyabad bt. Kati khane vanera khulaunu vayena rw pahila dhekhi khadai gareko medicine khane ki xodne jankari pauna sakinxa.....

  5. kati matra khane pakayeko jhol kati bhayeko hunu parne khana khanu bhanda 2ghanta pahile kati khanu parne khulast bhayen

  6. सूर्यनारायण महर्जनसूon Thu, May 18 2017 10:30 AM

    रक्तचापको बिषयमा थोरै थोरै पानि पकाउने भनियकोमा कति कति हालि पठाउने र दुई लिटर पानीलाई कति लिटर बाकिहुनेगरि पठाउने?

  7. कहिले सम्म कती खाने हो ?खुलाईदिनुभये राम्रो ।

  8. kura k x bhane 4cm aduya ko pariman k ho bujhan sake n.

  9. Many thanx,dherai nai Ramiro upay..

  10. यसमा तयारी मिश्रण एक पटकमा कति खाने ? कृपया जानकारी दिनु भए आभारी हुने थिए ।

  11. Good tip


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts