शरीरमा अनावश्यक बोसो जम्न नदिन खानपानमा ध्यान दिनुपर्ने कुरा



Download our app to get more features

शरीरमा अनावश्यक बोसो जम्दा स्वास्थ्यलाई धेरै नकारात्मक असर पार्ने हुदा यसबाट बच्नु पर्छ । शरीरमा अनावश्यक बोसो जम्न नदिन निम्न कुरामा विशेष ध्यान दिनु पर्छ । 

  • कार्बोहाइट्रेड बढि भएका खानेकुराको सेवनमा कम गर्ने ।
  • एकै पटक धेरै खानेकुरा नखाने बरु थोरै थौरै गरेर धेरै पटक खाने ।
  • बढि तेल र मसालादार खानाको परिकार भोजनमा समाबेस सकेसम्म कम गर्ने ।
  • चकलेट आइसक्रिम जस्ता क्रिमी खानेकुराहरु साथै बढि चिनी भएका र बढि नुन भएका खानेकुराहरु धेरै नखाने ।
  • बोसोयूक्त मासुलाई इग्नोर गर्ने बानी बसाल्ने ।
  • मासु छान्दा सकेसम्म कुखुरा तथा कम बोसो भएका मासुलाई आफ्नो रोजाई बनाउने । मासु भन्दा माछाको सेवन बढि गर्ने ।
  • न्युन चिल्लो पदार्थ भएको वा तर् निकालिएको दुग्ध पदार्थ सेवन गर्ने ।
  • मौसम अनुसारको ताजा तरकारी तथा फलफुलको सेवनमा बढि जोड दिने ।
  •  प्रसस्त पानी तथा तरल पदार्थको सेवन गर्ने । सकेसम्म दैनिक स्नान गर्ने । जसले गर्दा शरीर फुर्तिलो हुन्छ ।
  • रेसादार खानेकुरा जस्तै सुन्तला, केरा, स्ट्रबेरी, सिमी, मेवा लगायलका खानेकुरा दैनिक सेवन गर्ने । यस्ता खानेकुराले शरीरको आन्र्तरिक भाग सफा गर्ने मात्र होइन, कोलेस्ट्रोलको अनावश्यक मात्रा निश्कासन गर्ने काम गर्छ ।
Last modified on 2017-06-14 16:32:26

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts