अनुगमनको डरले इटहरीका क्लिनिक बन्द



Download our app to get more features

इटहरी (सुनसरी), ३१ वैशाख । औषधि व्यवस्था विभागको टोलीले सुनसरीको दक्षिण भेगमा रहेका औषधि पसलमा अनुगमन गर्न थालेपछि क्लिनिक सञ्चालक पसल बन्द गरेर घरमा बस्न थालेका छन् । 

टोलीले रामनगर भुटाहा, हरिनगरा, देवानगन्ज र कप्तानगन्जमा गरी पाँचवटा औषधि पसल र क्लिनिकको अनुगमन गरेपछि अन्यत्रका औषधि पसल क्लिनक बन्द गरेर सञ्चालक सम्पर्क बाहिर हुन थालेपछि अनुगमनमा समस्या भएको अनुगमन टोलीका फार्मेसी अधिकृत रेवतकुमार बस्नेतले बताए । उनका अनुसार टोलीले रामनगर भुटाहामा तीनवटा औषधि पसल र क्लिनिकको अनुगमन गरेको थियो । जसमा अनुमतिबिना सञ्चालनमा रहेको आकांक्षा उपचार क्लिनिकलाई अनुगमन टोलीले सिल गरेर बन्द गराएको छ । भुटाहामा सञ्चालित अन्य पसल सञ्चालक भने अनुगमन टोली आएको पत्तो पाएर बन्द गरी भागेका थिए ।

त्यसैगरी हरिनगरामा टोलीले दुई वटामा अनुगमन गरेको थियो । जसमध्ये अनुमतिबिना सञ्चालन गर्दै आएको लाइफलाइन उपचार क्लिनिकलाई टोलीले सिल लगाएर बन्द गराएको छ । त्यस्तै अन्सारी मेडिकलमा लागूऔषधमा प्रयोग हुने नार्कोटिक औषधि फेला परेको थियो । सो औषधि ल्याएको र बिक्री गरेको आधिकारिक तथ्यांक नभेटिएपछि टोलीले पसलको सम्पूर्ण कागजात जफत गरेर विभागको क्षेत्रीय कार्यालय विराटनगरमा स्पष्टीकरणका लागि उपस्थित हुन निर्देशन दिएको छ ।

 

(आजको कान्तिपुर दैनिकमा लेखेको समाचार)

Last modified on 2017-06-14 16:33:45

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts