स्वास्थ्यमन्त्री थापा म्यादी मन्त्री हुन् : महासचिव आचार्य



Download our app to get more features

काठमाण्डौ, २९ बैशाख । नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले स्वास्थ्यमन्त्री गगन थापालाई म्यादी मन्त्रीको संज्ञा दिएका छन् । स्वास्थ्यमन्त्री गगन थापाले दिएको नकारात्मक अभिव्यक्ति पश्चात औषधि व्यवस्था विभागमा ज्ञापनपत्र बुझाउँदै गर्दा म्यादी मन्त्रीको संज्ञा दिएका हुन् । 

तपाईँहरुले ज्ञापन पत्र स्वास्थ्यमन्त्रीलाई नबुझाएर किन विभागमा बुझाउँदै हुनुहुन्छ भन्ने हाम्रो डाक्टरको प्रश्नमा महासचिव आचार्यले यस्तो अभिव्यक्ति दिएका हुन् । 

‘मन्त्री थापा जेनेभा सभामा जादैछन् । आउँदा उनको पद रहन्छ रहँदैन ।’ महासचिव पवन आचार्यले भने, ‘उनी त म्यादी मन्त्री हुन्, त्यसैले ज्ञापनपत्र विभागमा बुझाउँदै छौँ ।’

 

स्वास्थ्यमन्त्री गगन थापाले नेपाल औषधी आयातकर्तालाई नकारात्मक पुष्टि गर्ने खालको अभिव्यक्ति दिएको विरोधमा औषधि व्यवस्था विभागमा मुखमा कालो पट्टी बाँधेर ज्ञापनपत्र बुझाएका हुन् । 

मन्त्री थापाले औषधि आयातकर्ताहरुलाई कालोबजारिया हुन् र औषधी व्यवसायमा चार सयदेखि २२ सय प्रतिशत नाफा छ भन्ने जस्तो सन्देश प्रवाह हुने गरी दिएको अभिव्यक्तिप्रति विरोध जनाउदै संघले ज्ञापनपत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको हो । 

Last modified on 2017-06-14 16:41:26

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts