नर्सिङमैत्री छैन सरकारी नीति

सन्दर्भः विश्व नर्स दिवस



Download our app to get more features

र्सिङ काउन्सिलमा दर्ता भए अनुसार नेपालमा करीब ६० हजार नर्स छन् । तर विदेशिने र भोलेन्टिएरको रुपमा काम गर्ने नर्सको भने रेर्कड नै छैन । वार्षिक नेपालमा ५ हजारको संख्यामा नर्सहरुको उत्पादन भइरहेको छ । जसका कारण सेवा र शिक्षाको छुट्टा छुट्टै समस्या छन् भने पेशागत समस्या यथावत नै रहेको छ ।

पेशागत समस्याको रुपमा हेर्दा लामो समयसम्म वृद्धि विकास नहुनु नै हो । २५/३० वर्षसम्म काम गर्दा पनि एउटै पदमा बस्नुपर्ने वाध्यता रहेकोे छ । नेपालमा वर्षेनी नर्स उत्पादन भइरहेको छ । तर, जुन रुपमा उत्पादन भइरहेको छ यस अनुरुप जनसंख्या र अस्पतालको आधारमा नर्स नियुक्ति हुन नसक्दा धेरै बेरोजगार हुनुको साथै एउटा नर्सले धेरै बिरामीको सेवा गर्नुपर्ने अवस्था छ । 

नेपाल सरकारले काम दिनसक्ने अवस्था छैन भने निजी अस्पतालले समेत काम दिन नसक्ने अवस्था छ । नर्स उत्पादन भएपनि बिरामीको आधारमा हुनुपर्ने नर्सले काम पाउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयमा हामीले नर्सिङ हेर्ने छुट्टै माहाशाखा चाहिन्छ भन्दै आएका छौं । सैदान्तिक रुपमा सहमति भएपनि यसको कार्यान्वयन हुन सकेको छैन । यसले गर्दा पनि नर्सको समस्या समाधान गर्न समस्या भएको छ । 

हामीले नैतिकताले पनि आन्दोलन गर्न मिल्दैन । चिकित्सककले गर्ने आन्दोलज र नर्सले गर्नेमा फरक पर्छ । बिरामीको २४ घण्टा स्याहार गर्ने भनेको नर्सले नै हो । त्यसैले पनि नर्सले आन्दोलन गर्नु भनेको सिधै बिरामीमा असर पर्ने हो । सरकारले हामीलाई आस्वासन मात्र दिएको छ । यसलाई चाँडै नै लागु गर्नुपर्ने देखिन्छ । 

नेपालमा गुणस्तरीय शिक्षा भएता पनि विदेशीनेको संख्या पनि कम छैन । लगानी अनुसारको नेपालमा सेवा सुविधा नहुनु, बेरोजगारीको संख्या दिनानुदिन बढ्दै जानु नै यसको मुख्य कारण हो । विदेशमा राम्रो कमाउन सकिनुको साथै सुविधा पनि राम्रो रहेको छ ।

नर्सहरुको पहिलो चुनौति नीतिमा नै छ । हाम्रो समस्या नीतिगत तहमा पुग्न सकेको छैन । शिक्षामा गुणस्तर विकास हुन नसक्नु, साथै सेवा दिनेमा पनि चुनौती रहेको छ । हाल नेपालमा गुणस्तरको विकास हुनु भन्दा पनि संख्यामा बढी जोड दिएको पाइन्छ । २०१३ सालमा नेपालमा नर्सिङ पेशा सुरु भएको हो । आजको दिनसम्म आउँदा धेरै फड्को मार्नुपर्ने हो तर समस्या यथावत छन् । 

विदेशबाट पढेर आएका नर्सहरुलाई व्यवस्थापन गर्न चुनौती छ । नर्सिङ लाइसेन्समा फेल हुनेमा धेरै भारतबाट पढेर आउने रहेका छन् । उनीहरुमा सैद्धान्तिक शिक्षाको समेत कमी छ । भारतबाट बढेर आउने जनशक्ति राम्रो हुन सकेको छैन । सबै कलेज नराम्रो भन्न खोजिएको होइन तर, धेरै कलेजहरुमा समस्या छ । 

हाल आएर इकुभ्यालेन्ट नहुने समस्या सिर्जना भएको छ । उनीहरुले प्राटिकल अनुभव समेत गर्न पाएका छैनन् । नर्सहरुमा सुरक्षाको प्रत्याभुतिसमेत छैन । चिकित्सकले बिरामी हेर्ने मात्र हो तर उनीहरुको स्याहार गर्ने भनेको नर्सले नै हो ।

त्यसैले गुणस्तरीय सेवा दिन चाहिने  जनशक्ति पनि नर्सलाई नै दिनुपर्छ । हातखुट्टा बाँधेर काम गर भनेको जस्तो भएको छ । बिरामीको कुरुवाबाट समेत नर्स पिडित भएका छन् ।   

पाण्डे नर्सिङ संघकी उपाध्यक्ष हुन् ।

Last modified on 2017-06-11 17:32:44

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts