मृगौला बिग्रने कारण र बचाउने उपाय 



Download our app to get more features

काठमाडौं । धेरै व्यक्तिमा किन मृगौलाको समस्या देखिन्छ ? मृगौलामा समस्या हुने कारण र बच्ने उपाय के के हुन् ? वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठ :

मृगौला पेटको पछाडी र ढाडको दुबै पट्टी सिमी आकारको ४–५ इन्च लामोे हुन्छ । यो शरीरको अति महत्वपूर्ण अंग हो । यसले रगतमा भएको फोहोर र बढी भएको पानीलाई पिसाबको माध्यमबाट बिसर्जन गराई सफा गर्दछ । यसले रगतमा भएको खनिज र नुनलाई सन्तुलनमा राख्दछ जस कारण उच्च रक्तचाप लगाएतका विभिन्न रोगलाई नियन्त्रण गर्दछ ।

मृगौलामा समस्या आएपछि रगतको फोहोर र पानी शरीरमा बस्ने भएकाले विभिन्न समस्या देखा पर्दछ । जसले गर्दा मृगौलाले काम गर्न छोड्छ । यसका साथै मृगौलाले रेनिन नामको इन्जाइम उत्पादन गर्छ । जसले उच्च रक्तचाप नियन्त्रण गर्छ । त्यस्तै हड्डीलाई अति आवश्यक भिटामीन डी उत्पादन गर्छ, जसले हडड्ी बलियो बनाउछ । मृगौलाले खानामा भएको काम नलाग्ने कुरा केमिकल र मेडिसिन पिसाबबाट बाहिर निकाल्छ ।

मृगौला रोग लाग्ने मूख्यकारण शरीरमा पानीको मात्रा कम हुनु, निरन्तर झाडापखाला लाग्नु वा बान्ता हुनु, धेरै गर्मीमा काम गर्नु, दुखाई कम गर्ने औषधिहरुको बढी प्रयोग गर्नु आदी हुन् । यो सबै उमेर समुहका व्यक्तिमा लाग्ने गर्छ ।

मृगौला बिग्रिदा यस्ता लक्षण देखिन्छन् :
पिसाब धमिलो हुने, धेरै पटक वाकवाक लाग्ने । रिङ्गटा लाग्ने, झाडापखाला लागिरहने, हातखुट्टा सुन्नीने, भोक नलाग्ने वा बढी भोक लाग्ने ।

अन्य रोग लाग्दा औषधि सेवन गर्दा पनि लामो समयसम्म निको नहुने, छाला दुख्ने, चिलाउने आदि लक्षण देखिन्छन् ।

मृगौला रोग लाग्नबाट यसरी बच्ने :
मृगौला रोग गम्भीर प्रकृतिको रोग हो । यो लागे पछि पैसा, समय र ज्यान सबैको हिसाले जटिल हुन्छ । कहिलेकाँही मृगौलाले ९० प्रतिशत काम नगरे पछि मात्र थाहा हुने भएकाले बेलैमा सचेत हुनु पर्छ । स्वस्थ व्यक्तिले पनि वर्षको एक पटक स्वास्थ परीक्षण गराउनु पर्दछ । 

मधुमेह वा उच्च रक्तचाप नियन्त्रणमा राख्ने । प्रशस्त सफा पानी पिउनुका साथै जथाभावी औषधि सेवन नगर्ने । पोषण युक्त आहार खाने । नियमित व्यायम गर्ने । बच्चाहरुमा प्रत्येक पटक ज्वरो आउदा पिसाब चेक गराउने । रोग लागि हाले विशेषज्ञ चिकित्सकको सल्लाहा बमोजिम औषधि सेवन गर्नुपर्छ ।

Last modified on 2017-06-14 16:46:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. kidney ko gare ma nephrologist or urologist ko Sallaha liyeko bhaye hunthiyo ni. Dr Pukar shrestha ta transplant surgeon hun ni . hunna ta general advice jun pani MBBS doctor le dinna ta mocha....

  2. लक्ष्मण कुईकेलon Thu, May 11 2017 05:18 PM

    यस्तो कुरा दिनकै अाअोस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts