शरीर झम्झमाउँने यस्ता छन् कारण



Download our app to get more features

हातगोडा लगायत शरीरका विभिन्न भाग झम्झमाउने समस्या छ ? बसाइको आसन नमिल्दा कहिलेकाहीँ सामान्य अवस्थामा पनि झम्झमाउन सक्छ । तर, धेरै नै झम्झाउने समस्या छ भने खेलाँची नगर्नुहोस् । यो समस्या विभिन्न कारणले हुन सक्छ । फिजिसियन डा.केदार सेन्चुरीले शरीर झम्झमाउने कारणहरु बताएका छन् ः

नसामा आघात 

शरीरको कुनै पनि नसामा केही कारणले आघात पुगेमा, हड्डी खिइएमा हातखुट्टा या शरीर झम्झमाउँछ । आघात पुगेको नसादेखि तल्लो भागको सूचना मस्तिष्कमा नपुगेमा घुँडा र सोभन्दा तलको भाग निदाउने हुन्छ । दुईवटा हड्डी जोड्ने नसामा समस्या हुँदा पनि यस्तो समस्या देखिन्छ । हात, गोडा, ढाड, घाँटीलगायत कुनै स्थानको नसा च्यापिएमा पनि झम्झमाउने या निदाउने समस्या हुन्छ । यस्तो समस्या विशेष गरी ढाडको हाडले नसा च्यापिँदा हुन्छ ।

विभिन्न रोग 

मधुमेह, थाइराइड, युरिक एसिड, बाथलगायत रोगका कारण पनि शरीर झम्झमाउने समस्या हुन्छ । शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न सकिएन भने हात र खुट्टामा वा हात र खुट्टाका औँलामा जाने पाउँदैन । थाइराइड बढ्दा या घट्दा नसा असन्तुलित भई पोल्ने, झम्झमाउने समस्या हुने गर्दछ । युरिकएसिडका कारण नसामा अनावश्यक फोहोरजन्य संक्रमण जम्न गई स्नायुतन्त्रमा खराब गरी झम्झमाउने समस्या निम्त्याउँछ । यस्तै बाथको रोग छ भने पनि शरीर झम्झमाउने गर्छ । बाथले नसामा रहेको प्रतिरोधात्मक तत्वलाई नष्ट गरिदिन्छ । खासगरी शरीरका बढी सक्रिय रहने विभिन्न जोर्नीमा रहेका नसाहरुको सो तत्व काम नलाग्ने बनाउँदै लैजान्छ ।

पोषणको कमी

शरीरमा पोषणको कमी भएमा हात खुट्टा झम्झमाउने हुन्छ । पोषणको कमी हुाँदा नसामा रहने सेललाई चाहिने आवश्यक तत्व प्राप्त हुँदैन जसले गर्दा नसाले सहज तरिकाले काम गर्दैन । विशेष गरी भिटामिन डी १, डी ६, डी १२ को कमीले गर्दा झम्झमाउने समस्या हुन्छ । साथै, आवश्यक मात्रामा क्याल्सियम, आयोडिनजस्ता तत्वको कमीले पनि यो समस्या हुन्छ ।

कीटनाशक औषधि

कीटनाशक औषधि प्रयोग गरिएको सागसब्जी या फलफूलको सेवनले पनि हातखुट्टा झम्झमाउने समस्या हुनसक्छ । कीटनाशक औषधिले स्लो प्वाइजनको काम गरिरहेको हुन्छ । जसले गदाए दिमाग, मिर्गौला र कलेजोलाई प्रत्यक्ष र अप्रत्यक्ष असर गरिरहेको हुन्छ । दिमागको सम्बन्ध सबै अंगसाग हुने हुँदा सुरुमा थाहा नए तापनि लामो समयको सेवनले स्नायुमा असर गर्नसक्छ र शरीर नै झमझमाउने समस्या हुन जान्छ ।
 

पिउने पानी

पिउने पानीमा आवश्यक तत्वहरुको घटीढीले पनि हातखुट्टा झम्झमाउने समस्या हुन्छ । पानीमा हुने मिनरल्स, फोस्फोरस, क्याल्सियम, सोडियम, आर्सेनिकको सन्तुलन भएन भने त्यसले नसामा असर गर्छ । हाम्रो देशका तराई क्षेत्रका मानिसमा नसाको समस्या बढी देखिनु पनि त्यहाँ हुने अत्यधिक मात्रामा आर्सेनिकको कारण हो ।
 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-06-14 16:47:45

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts