नवजात शिशुलाई भेट्नुअघि बिचार पुर्याउनुहोस यस्ता कुरा......



Download our app to get more features

के तपाईं नवजात शिशुलाई पहिलो पटक भेट्दै हुनुहुन्छ ? यदि हो भने शिशुलाई भेट्नु अगाडी केही महत्वपूर्ण विषयमा विचार पु¥याउनुपर्छ । 

 

  • नवजात शिशु र उसको परिवारलाई भेट गर्नुपूर्व तपाईं आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् । रुघाखोकी वा अन्य कुनै रोग लागेको छ भने सकभर शिशुलाई नछुनुहोस् वा अस्पतालमा भेट्न नजानुहोस् ।
  • शिशु जन्मेपछि ६ देखि ७ सातासम्म शिशुको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । तसर्थ, बच्चा नजिक पुग्दा वा बच्चालाई हेर्दा तपाईंको हातखुट्टा राम्रोसंग साबुन पानीले धुनु पर्छ ।
  • बच्चाको पहिलो पटक मुख हेर्दा पैसा दिने प्रचलन हाम्रो समाजमा विद्यमान छ । पैसा चलायमान वस्तु हो त्यसैले यसमा रोगका किटाणुहरु हुन्छन् । जसबाट बच्चामा बिभिन्न किसिमको संक्रमण हुने डर हुन्छ । तसर्थ, यो चलनलाई आजैबाट निरुत्साहित गर्नु जरुरी छ ।
  • शिशुलाई भेट्दा न्यानो, सफा र सुती वा ऊनीको लुगा लैजानुहोस् । लुगा एकचोटि धोएर इस्त्री गरेर लगेको खण्डमा माडको एलर्जी कम हुन्छ । यदि लुगा लिएर जाने सोच बनाउनुभएको छ भने बच्चाको छालालाई उपयुक्त हुन्छ वा हुन्न भन्ने विषयमा पनि ख्याल पु¥याउनुहोस् । 
  • शिशु भेट गर्नुअघि चुरोट–बिडी लगायत सुर्तीजन्य पदार्थ उपभोग नगर्नुहोस् । यदि चुरोट पिउनुभएको छ भने मुख बेस्सरी कुल्ला गर्नुहोस् । किनकि, तपाईंको मुखको गन्धले शिशुलाई असर गर्नसक्छ । 
  • बच्चालाई चुम्बन पनि नगर्नुहोस् । तपाईंको मुखमा भएको ब्याक्टेरिया शिशुमा सर्ने प्रबल सम्भावना हुन्छ । नवजातलाई गन्धप्रति त्यति कडा चेतना नभए पनि शरीरमा अत्यधिक अत्तर छर्केर जाँदा शिशुलाई एलर्जी हुने भएकाले सकभर अत्तर छरेर नजानुहोस् ।

(डा. मानन्धर काठमाडौं मेडिकल कलेजका बालरोग विशेषज्ञ हुन् ।) 

Last modified on 2017-06-11 17:33:25

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Sahi ho


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts