आयुर्वेदीक औषधि हो ‘दाल चिनी’



Download our app to get more features

दालचिनी हामीले सुनिरहने सामग्री हो जसको प्रयोग नियमित रुपमा हामीले आफ्नो भान्छामा गरिरहेका हुन्छौँ । दालचिनीको प्रयोग गरेपनि त्यसको फाइदाबारे भने हामी मध्ये कमैलाई थाहा होला ।

दालचिनीको उपयोग र गुण तथा फाइदाबारे आयुर्वेदमा उल्लेख गरिएको छ । जसको प्रयोग धेरै रोगको उपचारमा गर्न सकिन्छ । साथै यसको महत्वबारे पनि उल्लेख गरिएको छ । दालचिनी हामीले बुझ्ने र प्रयोगमा ल्याउने भाषा भएपनि यसको वैज्ञानिक नाम भने सिनामम या कामोम हो । 

विशेषगरी दालचिनीको पात र बोक्रालाई प्रयोग गर्ने गरिन्छ । नेपालमा पाइने दालचिनीको पातलाई उत्कृष्ट मानिन्छ भने बोक्रा श्रीलंका र दक्षिणी भारतमा राम्रो मान्छि । 

दालचिनीमा मुख्य गरी पिरो, गुलियो स्वाद हुन्छ भने नजानिँदो तरिकाको तितो पनि हुन्छ । यो आफैँ गर्मी भएको हुदा शरीरलाई गर्मी गराउन जाडोमा प्रयोग गरिन्छ ।

यसको उपयोग मसलाका रूपमा खाना, सब्जी, चिया आदिमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी, खोकी लाग्दा, पाचन शक्ति बढाउन पनि यसको प्रयोग हुन्छ । वाकवाकी लाग्दा, पेट निचोर्दा, सामान्य सुनिएको अवस्थामा कम गर्न दालचिनी प्रभावकारी हुन सक्छ । 

विशेष गरी यसको आयुर्वेदिक उपचार फोक्सोमा भएको संक्रमण कम गर्न, पेट दुखेमा, पिसाब पोलेमा वा पिसाबमा संक्रमण हुँदा पानीमा मिसाएर सेवन गर्दा राम्रो हुन्छ । साथै यौनवद्र्धक औषधिका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । 

आयुर्वेदिक औषधि सितोपलारी बनाउन, चर्तुक्षत चूर्ण बनाउन यसको प्रयोग हुन्छ । त्यसका साथै च्यावप्रासलगायत अन्य औषधिमा बास्ना या स्वाद दिन पनि यसको प्रयोग गरिन्छ । 

डाइबेटिज भएका बिरामीलाई यसको पात प्रयोग गर्दा राम्रो हुन्छ ।

दैनिक १ देखि २ ग्राम दिनको बढीमा तीनपटकसम्म मात्र सेवन गर्दा राम्रो हुन्छ । 
 

Last modified on 2017-06-11 17:33:05

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts