सिभिल अस्पतालमा तनाव ! अस्पतालको लापर्वाहीले शिशुको मृत्यु भएको आरोप



Download our app to get more features

काठमाण्डौं, २५ बैशाख । बानेश्वरमा अवस्थित सिभिल अस्पतालमा शिशुको मृत्युपछि आफन्तद्धारा प्रर्दशन गरीरहेका छन् । 

प्रसव पिडा लागेपछि आइतबार सिभिल अस्पताल पुर्याइएकी काभ्रेकी २३ वर्षिया अन्जना खत्री भट्टराईलाई चिकित्सकले लापरबाही गर्दा शिशुको मृत्यु भएको परिवारले आरोप लगाएका छन् । 

अन्जनाका श्रीमान सन्तोष भट्टराईका अनुसार आइतबार बिहान ९ बजे अस्पताल पुर्याउदा चिकित्सकले पाठेघरको मुख खुल्दैछ शल्यक्रिया गर्नु नपर्ने बताएका थिए । 

सोमबार बिहान पाठेघरको मुख ६ स्टेप खुलिसकेको छ अब चार स्टेप खुल्न बाकी भन्दै आमा र शिशु दुवैको अवस्था राम्रो भएको चिकित्सकलाई उद्धित गर्दै सन्तोषले बताए । उनले भने ‘११ बजेसम्म पनि चिकित्सकले आत्तीनु पर्दैन भनेको थिए तर अहिले शिशुको मृत्यु भएको खबर दिएका छन् ।’ 

गर्भवतीलाई धेरै पिडा भएको भन्दै जोखिम मोल्न आफुहरु तयार रहेको बताउदै शल्यक्रिया गर्न परिवारले भनेका थिए । सन्तोषले भने ‘तर मानेन्, अन्तिममा आएर शिशुको मृत्युको खबर दिए ।’

अस्पतालले अन्तिम समयमा आएर आत्तितै भ्याकुमबाट शिशु निकाल्न खोज्दा योनीमा अड्कीएर शिशुको मृत्यु भएको खवर दिएता पनि आफुहरुलाई भित्र जान नदिएको हाम्रो डक्टरलाई बताए । 

पिडित सन्तोषले भने ‘हामी कुनै आार्थिक प्रलोभनका कारण विरोध गरेका छैनौं, यस्तो गल्ती अरुमा नदोहोरीयोस भन्ने मात्र हो ।’

 

Last modified on 2017-05-09 10:47:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts