पुरुष यौनसाथीलाई यसरी ल्याउनुहोस् चरम उत्कर्षमा



Download our app to get more features

महिलाहरु सामान्य जीवनमा आफ्नो यौन चाहानालाई त्यति धेरै खुल्ला रुपमा प्रस्तुत गर्दैनन् । तर आफ्नो यौनसाथीसँगको यौन सम्पर्क पश्चात भने यौनस्थलमा खुल्ने गर्दछन् । यद्यपी कतिपय समयमा उनीहरु आफ्नो यौनसाथीलाई पूर्ण उत्तेजित पार्न असफल हुने गर्दछन् ।  

यौन सम्पर्कको पूर्व क्रिडामा प्रायः महिलाहरु पुरुषको ओठ र यौन अङ्गमा धेरै ध्यान दिने गर्दछन् । तर वास्तवमा पुरुषका केही यस्ता अङ्गहरु छन् जहाँ यौन पूर्वक्रिडामा छुनुले मात्र पनि पुरुषलाई उत्तेजित बनाउँछ । तर महिलाहरुले यस्तो बिषयमा ध्यान दिएको देखिँदैन । 

यसरी सुरु गर्नुहोस् 

महिला मित्रहरुले आफ्नो यौन पूर्वक्रिडाको सुरुवात ओठमा धैर्यता पूर्वक गरिने चुम्बन नै हो । तर जब पुरुष साथी केही उत्तेजनामा आउन थाल्छन् तब आफ्नो जिब्रोलाई उनीहरुको मुखबाट निकाल्नुहोस् र बिस्तारै गालामा छोटो चुम्बन गर्न थाल्नुहोस् र बिस्तारै घाँटीसम्म पुग्नुहोस् । 

फेरी बिस्तारै माथी उक्लँदै पुरुषसाथीको कानसम्म आउनुहोस् । जब तपाईँ कानसम्म पुग्नुहुन्छ बिस्तारै बिस्तारै चुम्बन गर्नुहोस् र आफ्नो जिब्रो पनि प्रयोग गर्नुहोस् । 

यस्तो समयमा आफू जिब्रो पुरा प्रयोग गर्नुहोस् तर जिब्रो कानभित्र नपठाउनुहोस्, मात्र बाहिरी भागमा जिब्रोलाई खेलाउनुहोस् । तपाईँले बिस्तारै कानको पछाडीको भागमा चुम्बन गर्न सक्नुहुन्छ । 

तपाईँ आफ्नो मुडलाई थोरै परिवर्तन गर्दै कानको तलपट्टि आफ्नो ओठलाई लगेर खुसुखुसु गर्दै केही रोमान्टिक कुरा गर्नसक्नुहुन्छ । यसले माहौललाई अझै बिषेश बनाउन सहयोग गर्दछ । 

हातको प्रयोग

तपाईँले आफ्नो हातका औलाहरुलाई पुरुषसाथीको पिठिउँको भागमा विस्तारै घुमाउनुहोस् । छातीमा बिस्तारै स्पर्श गर्नुहोस् । बिस्तारै हातलाई तल लैजाँदै लिङ्गको स्पर्श गर्नुहोस् । यसले पुरुषसाथीलाई उत्तेजनामा आउन सहज हुन्छ । सँगै तपाईँहरु दुबै जनाको यौन मनोरञ्जन दुई गुणा बढ्दछ । 

यस्तो कहिल्यै नगर्नुहोस् 

याद राख्नुहोस् कि तपाईँ यौन पूर्वक्रियाका समय बिस्तारै सास फेर्नुहोस् । छिटो छिटो र ठूलो स्वरमा सास फेर्नुभयो भने तपाईँको पुरुषसाथीको ध्यान बिकेन्द्रित हुने डर हुन्छ । 

यो सबै पूर्वक्रिडाका क्रियाकलाप गर्दै गर्दा पुरुषसाथीको अनुहारमा देखिने प्रतिक्रिया र शारीरिक प्रतिक्रियालाई पनि ध्यान दिनुहोस् । यदि पुरुषमित्रलाई तपाईँको मुड मन परेको अवस्थामा मात्र अगाडी बढ्नुहोस् । पूर्वक्रिडाको समयमा आफ्नो मुडलाई जिवित राख्नुहोस् र ज्यादा आक्रमक नबन्नुहोस् । 
 

Last modified on 2017-06-11 14:12:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts