बच्चामा लाग्ने क्षयरोग जटिल : थाहापाई राखौँ लक्षण र बच्ने उपाय



Download our app to get more features

हुन त क्षयरोग बच्चाहरुलाई मात्र लाग्छ भन्ने छैन् । सबै उमेर समुहका मानिसमा यो रोग देखिन्छ । तर बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले छिटो संक्रमण हुने र लक्षण देखिने बित्तिकै उपचार हुन नसकेमा मृत्यु समेत हुनसक्छ । 

क्षयरोग माइक्रोव्याक्रियम ट्युबर्कुलोसिस् नामक किटाणुबाट लाग्ने गर्दछ । हेर्दा सामान्य लागे पनि क्षयरोगको बेलैमा उपचार नभए ज्यानै जाने खतरा हुन्छ । नेपालमा वर्षेनी क्षयरोगका कारण धेरैको मृत्यु हुने गरेको छ । 

तुलानात्मक रुपमा अन्य उमेरमा भन्दा बच्चाहरुमा हुने क्षयरोग जटिल हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि संक्रमण छिटो हुने, रोग निको पार्न लामो समय लाग्ने हुन्छ । 

बच्चाहरुलाई क्षयरोगको संक्रमण भएपछि यसका किटाणुहरु मस्तिष्क बाहिरको झिल्ली र कलेजो लगाएतका अङ्गमा पुग्छ । जसले गर्दा बच्चाको अवस्था जटिल बन्नपुग्छ । यदि फोक्सोमा क्षयरोगको संक्रमण भयो भने तुरुन्तै लक्षण देखा नपर्न पनि सक्छ जुन झनै घातक हुन्छ ।  

चिकित्साशास्त्रमा अहिलेसम्मको अध्ययन अनुसार यही कारणले मात्र क्षयरोग लाग्छ भन्ने छैन । तर विशेष गरेर बंशाणुगत गुण, रोगप्रतिरोधात्मक क्षमता कम भएकामा क्षयरोग लाग्ने संभावना प्रवल रहन्छ ।

लक्षणहरु :

  • लामो समय लगातार खोकी लाग्नु ।
  • मन्द मन्द ज्वरो आइराख्नु ।
  • पटक पटक मुर्छा पर्नु ।
  • काम्नु ।
  • खान मन नलाग्नु ।
  • उमेर अनुसार तौल नबढ्नु ।
  • श्वास फेर्न गाह्रो भए जस्तो हुनु ।
  • शरीर सुखा हुनु । 
  • निमोनिया, मेनिन्जाइृटिस लगाएतका ब्याक्टेरियाले संक्रमण गर्दा बच्चाहरु सिकिस्त हुनु ।

बच्चाहरुलाई क्षयरोगबाट बचाउन यसो गर्ने :

  • क्षयरोग लागेका अन्य व्यक्तिबाट टाढा राख्ने ।
  • जन्मने बितिकै वा केही दिन भित्रै क्षयरोग बिरुद्धको बि.सी.जी खोप लगाउने ।
  • बच्चा जन्माउनु अगाडी नै आमामा रोग छ भने बच्चामा सर्ने संभावना बढी हुन्छ, यस्ता बच्चाको स्वास्थ्य परीक्षण गराउने ।
  • बच्चालाई सधै स्वस्थ र पोषिलो खाना खुवाउने ।

स्वस्थ बच्चा जन्मिए पनि उसलाई क्षयरोगको संक्रमण छ छैन भनेर परीक्षण गराउनु पर्छ । कहिलेकाँही बच्चाहरुमा क्षयरोगका किटाणुहरु लुप्त अवस्थामा रहेका हुन्छन् । बच्चाको स्वास्थ्यमा थोरै खराबी आउने बितिकै पुनः देखा पर्न सक्छ ।

बच्चामा क्षयरोग लागेपछि निको पार्न गाह्रो हुन्छ । समयमै उचित उपचार नपाए अन्य अंगमा गम्भीर असर गरेर अपांग हुनुको साथै ज्यान नै जाने खतरा भएकाले क्षयरोग लाग्न नदिन हरक्षण सचेत हुनुपर्छ । क्षयारोग लागिहाले पनि विशेषज्ञको सल्लाह बमोजिम नियमित औषधि सेवन गर्नुपर्छ ।

 प्रस्तुति : सर्मिला थापा

Last modified on 2018-10-27 07:04:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts