सावधान ! तपाईँले किनेको प्याकेज्ड फूड हुनसक्छ बच्चाको लागि खतरनाक !



Download our app to get more features

तपाईँ आफ्नो बच्चाको स्वास्थ्यलाई लिएर कतिको सचेत हुनुहुन्छ ? यदि सचेत छु जस्तो लाग्छ भने तपाईँलाई जानकारी गराउन चाहन्छु केहि मात्रामा तपाई सचेत हुनुहुन्छ होला तर बच्चाको खानपानलाई लिएर अझैँ सचेत हुन आवश्यक छ । बजारमा पाइने रंगिन प्याकेटमा बन्द गरि राखिएको खाद्यलाई देखेर बच्चाहरु सबैभन्दा बढी आकर्षीत हुने गर्छन् र हामी अभिभवाकले पनि त्यहीँ खानेकुरा किनिदिने गर्छौँ । तर, बच्चाको सबै इच्छालाई पुरा गर्नुभन्दा पहिले सोच्नुस कि तपाईँले किनिदिने रंगिन प्याकेटभित्रको खाद्यपदार्थ तपाईँको बच्चाको स्वस्थ्यका लागि कतिको सहि छ वा छैन ।

United Nations Environment Programmes (UNEP) ले हालै गरेको एक अध्ययनमा एक प्रसिद्ध ब्रान्डको उत्पादन जुन बच्चाहरुले निकै नै रुचाएर खाने गर्छन् त्यसमा गेलाटिन नामक तत्व पाइएको छ । गेलाटिन एक यस्तो तत्व हो जुन पशुहरुको छालाबाट निकालिन्छ ।

तपाईँलाई संम्भवतः यो जानेर आश्चर्य होला कि बच्चाहरुले खानेपिउने अधिकांश वस्तुहरुमा पशुसँग सम्बन्धित तत्वहरु हुन्छ । गेलाटिन, ग्लाइसेराइड्स (पशुको बोसोबाट निकालिन्छ) , लर्ड (सुँगुरको पेटमा भएको बोसोबाछ निकालिन्छ), ओलेइनिक एसिड (विभिन्न जनावरको तेल हो), पेप्सीन (सुँगुरको पेटको इन्जाइम) हो । यस्तो अवस्थामा यदि तपाईँ बच्चाहरुका लागि चकलेट, बिस्कुट वा चकलेट र केक जस्ता सामान किन्नु भन्दा पहिले प्याकेटमा भएका सामाग्रीहरुको बारेमा ध्यान दिएर पढ्नु आवश्यक हुन्छ । के हुन्छ यस्ता सामग्रीले बनेको खाँदा ?

१. खाद्य पदार्थमा प्रयोग हुने जनावरहरुको सामग्रीले क्यान्सर जस्ता खतरनाक रोगको कारण बन्न सक्छ ।

२. यस्ता खाद्य पदार्थको सेवनले बच्चाहरुमा मोटोपनको खतरा पनि हुन सक्छ ।

३. यस्ता उत्पादित खाद्य पदार्थले बच्चाहरुको पेट फुल्ने र एसिडिटी जस्ता समस्या पनि हुन सक्छ ।

४. यस्ता खाद्य पदार्थको सेवनले बच्चाहरुलाई भोक लाग्दैन, पोषक तत्वहरुको कमीका कारण मानसिक विकास पनि ढिलो गतिमा हुन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-09-02 16:28:41

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts