कि सरकारसँग छलफल गर्नुहोस् कि त मन लगाएर काम गर्नुहोस्ः गगन थापा



Download our app to get more features

काठमाडौ, १७ बैशाख
स्वास्थ्य मन्त्री गगन कुमार थापाले सरकारी चिकित्सकहरुलाई सरकारी अस्पतालमा नै मन लगाएर काम गर्न पुनः अनुरोध गरेका छन् । सरकारले दिएको सेवा सुविधाप्रति असन्तुिष्ट जनाउदै निजी अस्पतालमा बढि केन्द्रित हुने सरकारी चिकित्सकहरुलाई मन्त्री थापाले सरकारी सेवामा के नपुगेको प्रष्ट रुपमा सरकार समक्ष राख्न आह्वान गरे । 
स्वास्थ्य मन्त्री थापाले के चाहिएको हो खुलेर माग्न अनुरोध गर्दै छलफलमा पनि नआउने र मन लगाएर काम पनि नगर्नेे प्रवृति प्रति आपत्ति व्यक्त गरे । 
‘सरकारी अस्पतालको सेवा बिस्तार गर्ने क्षमता तपाईहरुमा छ, तर किन सरकारी अस्पतालको सेवा सोचेजस्तो माथी उठ्न सकेन ?’ मन्त्री थापाले भने, ‘निजी अस्पताल धान्ने तपाइँहरु नै हो, आउनुहोस के चाहियो खुलेर माग्नुहोस, सरकार तपाइहरुको गुनासो सुन्न मात्र होइन तपाइहरुको माग पुरा गर्न पनि तयार छ ।’
हिमालय होटलमा क्यान्सर उपचार प्रोटोकल निर्माणका बिषयमा आइतवारदेखि सुरु भएको दुई दिने कार्यशालामा मन्त्री थापाले सरकारी स्वास्थ्य सेवालाई अगाडी बढाउन सरकार लागि परेको बताउदै सबैलाई सहयोग गर्न समेत अनुरोध गरेका छन् । 
बिपन्न सहुलियत लिन अनिवार्य बिमा
स्वास्थ्यमन्त्री गगनकुमार थापाले बिपन्न नागरिका लागि राज्यले दिदै आएको बिभिन्न रोगको उपचारको सहुलियत लिन अनिवार्य बिमा गरिएको हुनुपर्ने बताएका छन् । मन्त्री थापाले स्वास्थ्य बिमा सुरु भएको जिल्लाबाट यो ब्यवस्था सुरु गर्ने सरकारले तयारी गरिरहेको बताएका हुन् । 
मन्त्री थापाले उक्त बिषयलाई संसदमा दर्ता गरिएको स्वास्थ्य बिमा बिधेयकमा समेत उल्लेख गरिएको जानकारी दिए । 
मन्त्री थापाले  क्यान्सर लगायतका नसर्ने रोगको रोकथामका लागि सरकारले मात्र केही गर्न नसक्ने भएकाले हरेक नागरिक आफै पनि सचेत बन्नु आवश्यक भएको बताए । 
स्वास्थ्य सेवा बिभाग, ब्यवस्थापन महाशाखाले डब्लुएचओको प्राविधिक सहयोगमा आयोजना गरेको दुई दिन शिविरमा स्वदेशी तथा बिदेशी क्यान्सर रोग बिशेषज्ञहरुको सहभागिता रहेको छ । 

Last modified on 2017-06-15 13:07:10

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts