मधेश आन्दोलनका घाइतेको १७ महिनापछि मृत्यु



Download our app to get more features

मधवापुर (सप्तरी), १७ वैशाख । प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदहमा घाइते भएका रघु साफीको १७ महिनापछि शनिबार मृत्यु भएको छ । मधवापुर ४ का ५३ वर्षीय साफीको उपचारका क्रममै मृत्यु भएको हो ।

सीमांकनसहितको माग लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका क्रममा पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध हुने गरी धर्ना बसेका बेला ०७२ मंसिर ४ गते बाटो खुलाउन गएका प्रहरीले चलाएको गोली साफीको देब्रे आँखामा लागेको थियो । 

तीन महिनासम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सघन उपचार गरिएका साफीको आँखा निकालिएको थियो । उनको मस्तिष्कमा समेत गम्भीर असर पुगेको थियो । 

साफीका ३ छोरा छन् । उनलाई उपचारका लागि सरकार र मधेसी मोर्चाले सुरुमा केही सहयोग गरे पनि पछिल्लो समय परिवारले आफ्नै स्रोतबाट उपचार गराउँदै आएका थिए । ‘६ महिनायता कसैले सहयोग गरेनन्,’ छोरा बेचनले भने ।

 

(आजको कान्तिपुर दैनिकमा लेखेको समाचार)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts