होमियो चिकित्सालयको जग्गा बिबाद : निर्णय सच्चाउन पहल गरिदिन ओलीलाई ज्ञापनपत्र

What's This?


Download our app to get more features

काठमाण्डौ, १६ बैशाख । पशुपति होमियो चिकित्सालयको जग्गा तथा भवन पाटन उच्च अदालतलाई दिने निर्णयको बिरोध गर्दै गलत निर्णय सच्चाउनका लागि पहलकदमी लिइदिन भन्दै प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी ओली समक्ष ज्ञापन पत्र पेश गरेका छन् ।

नेपाल होमियोपैथिक चिकित्सक संघ र अखिल नेपाल होमियोपैथिक एसोशिएसनले संयूक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा विश्वको दास्रो नम्बरको चिकित्सा प्रणाली होनियोपैथिलाई वर्तमान सरकारले नेपालबाट उन्मोलन गर्ने रबैया देखाएको भन्दै आपत्ती व्यक्त गरिएको छ । साथै प्रमुख प्रतिपक्षी दलका हैसियतले निर्णय सच्याउन पहलकदमी गरी दिन पनि अनुरोध गरेका छन् । 

प्रचण्ड नेतृत्वको सरकारले अस्पतालको जग्गा पाटन उच्च अदालतलाई दिने गैर जिम्मेवारी पूर्ण कार्य गरेको भन्दै निर्णयलाई सच्चाएर पशुपति होमियो अस्पताललाई केन्द्रिय स्तरको होनियो शिक्षण अस्पतालको रुपमा विकास गर्न पनि माग गरिएको छ ।

Last modified on 2017-06-15 14:36:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts