कागबेनीको घटनामा चिकित्सक र मणिपाल अस्पताल दुबै दोषी



Download our app to get more features

काठमाडौं, १६ बैशाख । गत साता मुस्ताङको कागबेनीमा भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा मणिपाल अस्पताल र चिकित्सक दुबै दोषी देखिएका छन् ।

घटनाको लगत्तै स्वास्थ्य मन्त्रालयले घटनाको छानविन गर्न बनाएको टोलीले गरेको अनुगमनबाट तयार पारिएको प्रतिवेदनले अस्पताल प्रशासन र चिकित्सक दुबैलाई दोषी ठहराएको हो ।

मन्त्रालयले घटनाको छानविन गर्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा वीर अस्पतालका डा. ढुण्डीराज पौडेल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा सहितको तिन सदस्यीय टोली गठन गरेको थियो । मन्त्रालयले समितिलाई तिन दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । सोहि निर्देशन अनुशार समितिले स्थलगत अध्ययन गरि गत शुक्रवार मन्त्री गगन थापालाई प्रतिवेदन बुझाइसकेको छ ।  
 
उक्त प्रतिवेदनमा अस्पताल र त्यहाँ कार्यरत चिकित्सक दुबै दोषी देखिएको हुदा कानुनी सल्लाह परामर्श लिएर कारवाही प्रक्रिया अगाडी बढाउन उल्लेख गरिएको मन्त्री थापाका कानुनी सल्लाहकार राजु कटुवालले बताए । 

कटुवालले शुक्रवार नै कानुनी राय र सल्लाह मन्त्रीसमक्ष बुझाइसकेको जानकारी दिए । उनले भने  ‘प्रतिवेदनमा उल्लेख भए अनुसार दोषीलाई कारवाही कसरी गर्ने भन्ने बारेमा हामीले राय सल्लाह पेश गरिसकेका छौ, कारवाही प्रक्रियाको बारेमा सायद आइतबार निर्णय होला ।’

विगतका सम्झौता अनुसार चिकित्सकलाई काममा लगाउन नसक्नु, ६५ जना चिकित्सक आन्दोलनमा भएपनि १५ जनाको उपचारमा संलग्न गराउन नसक्नु, अस्पताल प्रशासनले सबैलाई सूचना दिई सेवामा आउन आग्रह नगरी बिरामी रिफर गर्नु जस्ता अस्पतालको गल्ती रहेको समितिले जनाएको छ । 

त्यसैगरी, चिकित्सकले अस्पताल प्रशासनसँग पूर्णकालिन काम गर्ने प्रतिवद्धता गरेपनि आफूमा भएको अन्याय कानूनी बाटो नरोजी अस्पताल जस्तो अत्यावश्यक सेवामा अवरोध पुर्याएको, अस्पतालमा हाजिर गरी तलब र भत्ता लिने र निजी स्वास्थ्य संस्थामा जाने गरेको अनुगमनको प्रतिवेदनले देखाएको छ । 

Last modified on 2017-06-15 14:39:56

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts