सिक्लेसमा पूर्ण खोप दिवस सम्पन्न



Download our app to get more features

कास्की, १६ बैशाख । सिक्लेस स्वास्थ्य चौकी मादी गाउँपालिका वडा नं. १ को आयोजनामा ‘स्थानीय स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पूर्ण खोप सुनिश्चितता दिगोपनाकालागि सिक्लेसमा पूर्ण खोप दिवस भव्यताका साथ सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा स्थानीय स्तरका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु शिक्षक शिक्षिका तथा बिद्यार्थीहरु, वडा नागरिक मंच, नागरिक सचेतना केन्द्र, दलित समन्वय समिति र अपांग समन्वय समितिका संयोजकहरु, आमा समुहका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु लगायत स्थानीय समाज सेवी बुद्धिजिवी तथा आमजन समुदायको ठुलो उपस्थितिका रहेको थियो । 

उक्त कार्यक्रमको उद्घाटन समाज सेवी एवम् भू.पु. स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष भाद्र सिंह गुरुङले गरेका थिए । 

कार्यक्रममा सिक्लेस स्वास्थ्य चौकीका ईन्चार्ज राजबहादुर भण्डारीले पूर्ण खोप सुनिश्चितता दिगोपना सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्दै पूर्ण खोपको अवस्था, अवधारणा, परिभाषा, कार्यक्रमको लक्ष्य, उदेश्य तथा रणनीतिका बारे स्पष्ट पारेका थिए । 

सिक्लेस स्वास्थ्य चौकी मादी गाउँपालिका वडा नं.१ भित्रका १२ देखि २३ महिनाका ४४ जना बालबालिकाहरुले गत वर्ष भित्र पूर्ण खोप प्राप्त गरेका छन् । हाल २७ जना बालबालिकाहरुलाई खोप सेवा उपलब्ध गराउदै आएको कुरा समेत जानकारी गराइएको थियो । 
 

Last modified on 2017-06-15 14:44:23

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts