फास्ट फुड बढी खाँदा गन्हाउँछ सास



Download our app to get more features

सास प्रायः सबैको गन्हाउँछ, बेला–कुबेला । तर, बढी मात्रामा फास्ट फुड खानेहरूको चाहिँ जति बेलै गन्हाउँछ सास । ‘जर्नल अफ नेचुरल साइन्सेज, बायोलजी एन्ड मेडिसिन’ मा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ ।

मानौँ, तपाईं बर्गर खानुहुन्छ भने, त्यसमा प्रयोग हुने प्याजले तपाईंको सास गन्हाउने होइन । बर्गरमा हुने आर्द्रता र राखिने तारिएका वस्तुहरूका कारण मुखमा दुर्गन्ध उत्पन्न हुन्छ । बर्गर खाँदा हाम्रो शरीरमा यस्तो प्रतिक्रिया हुन्छ, सामुन्ने पर्ने व्यक्ति पछुताउन थाल्छ । 

फ्राइज वा प्याटी तार्न जुन तेलको उपयोग हुन्छ, त्यसले पनि मानिसको पाचक तत्त्वसँग मिलेर सासलाई दुर्ग्न्धित बनाउने गर्छ ।

अध्ययनअनुसार, सातामा कम्तीमा तीनरचार पटक फास्ट फुड खाने युवायुवतीमा सास गन्हाउने समस्या बढी हुन्छ । कहिलेकाहीं मात्र फास्ट फुड खानेहरूमा चाहिँ यही एउटा कारणले यस्तो समस्या नहुन पनि सक्छ । 

फास्ट फुड बनाउन उपयोग गरिने तेलले गर्दा एसिडिटी बढ्ने जोखिम पनि हुन्छ । एसिडिटीका कारणले ग्यास्ट्रिक हुने र सास गन्हाउने पनि हुन्छ । 

सोडा र रातो प्रोसेस्ड मासुले स्तन क्यान्सरको जोखिम’
एउटा अनुसन्धानअनुसार सफ्ट ड्रिंक्स, प्रोसेस्ड मासु बढी खाने र हरियो सागसब्जी कम खाने किशोरीहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ । 

यो अनुसन्धान ‘इपिडिमियोलजी, बायोमार्कर्स एण्ड प्रिभेन्सन’ मा प्रकाशित भएको छ । यो अनुसन्धानअन्तर्गत हाई स्कुलमा आफ्नो खानपानबारे भोजनसँग जोडिएको बानीलाई लिएर एउटा प्रश्नावली भरेका ४५ हजार २ सय ४ जना महिलाको तथ्यांक संकलन गरियो । अनुसन्धानमा संलग्न महिलाहरूको उमेर ३३–५२ वर्षबीच थियो । 

अध्ययनकर्ताअनुसार, स्तन क्यान्सर हुन थुप्रै वर्ष लाग्ने भएकाले कुनै महिलाको जीवनको प्रारम्भिक वर्षमा खानपानको स्तरले क्यान्सरको जोखिम बढाउन सक्छ कि सक्दैन भन्ने थाहा पाउन यो अनुसन्धान गरिएको थियो । 

यसपछि प्रत्येक चार वर्षमा उनीहरूको यस्तैखाले मूल्यांकनलाई जारी राखियो । २२ वर्षसम्म यस्तो गरिएपछि के पाइयो भने, जुन ८ सय ७० महिलाले यो प्रश्नावलीलाई भरेका थिए, उनीहरूलाई रजश्वला बन्द हुनुभन्दा अघि स्तन क्यान्सर भयो । यस्तै, थप ४ सय ९० महिलालाई रजनोवृत्तिपछि स्तन क्यान्सर भयो । 

अध्ययनअनुसार, कम मात्रामा सागसब्जी सेवन र सफ्ट ड्रिंक्स, रिफाइन्ड चिनी र कार्बोहाइड्रेट, प्रोसेस्ड मासु सेवनको सम्बन्ध शारीरिक अंगको सुन्नाइसँग हुन्छ । 

अध्ययन परिणामअनुसार, किशोरावस्थाको समयमा यस्तोखाले खानपानले लामो समयसम्म स्तनको छाला सुन्निन सक्छ । यसले रजश्वला बन्द हुनुभन्दा अघि महिलामा स्तन क्यान्सर हुने खतरा बढाउँछ ।

Last modified on 2018-12-04 13:28:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts