तपाईँ कति तनावमा हुनुहुन्छ जान्न चाहनुहुन्छ ? अब याे यन्त्रले नाप्नुस्



Download our app to get more features

हाम्रो जीवनमा अहिले तनाव भन्ने शब्द निकै नै सामान्य भइसकेको छ । तनाव शब्द कसैको लागि नयाँ वा नसुनेको होइन । तनाव भनेको तपाईँ हाम्रो दिनचर्यामा कतिऔँ पटक बोल्ने र अनुभव गर्ने गरेका छौँ । तनाव किन हुन्छ, तनावले हाम्रो स्वास्थ्यलाई कस्तो असर पार्छ भन्ने हामी सबैलाई थाहा भएको कुरा हो । तरपनि हामी तनाव लिने गर्छौँ । हाम्रा हजारौँ इच्छा पुरा कसरी गर्ने त्यसको तनाव, अफिसमा आफूलाई राम्रो कसरी प्रमाणित गर्ने त्यसको तनाव, घरमा बच्चाहरुलाई कसरी ध्यान दिने र राम्रो वातावरणमा हुर्काउने त्यसको तनाव, साथीहरु र इष्टमित्र सँग कसरी सम्बन्धलाई राम्रो बनाइ राख्ने त्यसको तनाव । त्यति मात्र नभई हरेक साना–साना कुरामा तनाव लिने हाम्रो बानी हुन्छ । 

प्रत्येक दिन हामीले आफ्नो जीवनमा केहि न केहि नयाँ तनाव लिएर बस्छौँ । तर, तपाईँले कहिल्यै सोच्नु भएको छ तपाईँले लिने तनावको बोझ कति छ ? तपाईँले लिने तनावको मापन कहिल्यै गर्नु भएको छ ?

ब्रिटेनको एक बडी इन्स्योरेन्स कम्पनीका विशेषज्ञहरुले तनाव मापन गर्ने एक यस्तो म्याथेमेटिकल क्यालकुलेटर निर्माण गरेका छन्, जसले बताउँछ तपाईँ सँग दैनिक कति किलो चिन्ता र तनाव छ । 

विशेषज्ञहरुले यो मापन यन्त्रलाई ‘वेट अफ वरी’ अर्थात् कति किलो चिन्ता छ भन्ने क्यालकुलेटरको नाम दिएका छन् । वास्तविक रुपमा यो क्यालकुलेटर एक हाजिरी जवाफ प्रतियोगिता हो । विशेषज्ञहरुले क्यालकुलेटरलाई एक खेल जस्तै तयार पारेका छन् । यो तनाव मापन यन्त्र भारतमा समेत लागु भइसकेको छ । यो तनाव मापन खेल तपाईँले कम्पनीको वेबसाइटमा लग इन गरेर खेल्न सक्नु हुनेछ । 

उक्त अनलाइन क्विज खेल ‘वेट अफ वरी’ क्यालकुलेटरमा संसारमा प्रत्येक व्यक्ति वार्षीक रुपमा ९ सय घन्टा अर्थात् ३८ दिन सम्म चिन्ता मै रहने गरेको खुलासा गरेको छ ।
 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-09-02 16:29:54

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. How is my mind?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts