प्राकृतिक चिकित्साको अध्ययन नेपालमै हुने



Download our app to get more features

काठमाण्डौं, १५ बैशाख । नेपालमा पहिलो पटक योग एवम् प्राकृतिक चिकित्साको अध्ययन हुने भएको छ ।

व्याचलर अफ नेचुरोप्याथी एण्ड योगा साइन्सेस् (BNYS) को पाठ्यक्रम निर्माण भएसँगै योग एवम् प्राकृतिक चिकित्साको अध्ययन सुरु हुने भएको हो । 

योग एवम् प्राकृतिक चिकित्साको चिकित्सक उत्पादन गर्ने उदेस्यले नेपाल संस्कृत विश्वविद्यालयले प्लस २ तर्फ जिव विज्ञान अध्ययन गरेका विद्यार्थीहरुकालागि साँढे ५ वर्षे व्याचलर अफ नेचुरोप्याथी एण्ड योगा साइन्सेस् (BNYS) को पाठक्रम निर्माण गरेको प्राकृतिक चिकित्सक डा. योञ्जन गैरेले जानकारी दिए ।  

BNYS पाठक्रम निर्माण समितिका संयोजक एवम् योग तथा प्राकृतिक चिकित्सक विषय समितिका अध्यक्ष वरिष्ठ योग एवम् प्राकृतिक चिकित्सक डा. हरी प्रसाद पोखरेलले पाठ्यक्रम तयार पारी नेपाल संस्कृत विश्वविद्यालयका उप कुलपती श्री डा. कुल प्रसाद कोइरालालाई पाठ्यक्रम हस्तान्तरण गरेका छन् । 

समितिले सम्बन्धीत क्षेत्रका विशेषज्ञहरुसँगको छलफल गरी पाठ्यक्रम निर्माण गरेको समितिका सदस्य डा. गैरेले बताए । 

पाठ्यक्रम निर्माण समितिमा डा. पोखरेल सहित डा.यन्जन गैह्रे, डा. बिकासराज घिमीरे, डा. जनक बहादुर वस्नेत,  डा. हेमराज कोइराला, डा. स्वेता पोखरेल र डा. यतीराज भट्टराई रहेका छन् । 

हाल तयार पारीएकोे पाठ्यक्रम नेपाल संस्कृत विश्वविद्यालयले पास परेपछि योग एवम् प्राकृतिक चिकित्सा विभाग स्थापना गरी अध्ययन सुरु गर्ने डा. गैरे बताए । उनले भने ‘नेपालमा नै अध्ययन सुरु भएमा प्राकृतिक चिकित्साको अध्ययनका लागि विदेश जानु पर्ने नेपाली विद्यार्थीको वाध्यताको अन्त्य हुने छ ।’ 

Last modified on 2017-06-15 16:31:49

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts