किन धेरै बच्चामा जण्डिस हुन्छ ?(भिडियो सहित)



Download our app to get more features

ण्डिस के बच्चा, के युवा के किशोर के वृद्धा सबैलाई हुन्छ । तर तुलानात्मक रुपमा जण्डिस बच्चाहरुमा बढी देखिन्छ । बच्चामा जण्डिस देखिने कारण र बचाउने उपायबारे बालबालिकाको पेट, कलेजो तथा पोषण विशेषज्ञ डाक्टर विनिता जोशीसँग गरिएको कुराकानीमा आधारित सामाग्री । 

जण्डिसबारे धेरैलाई भ्रम छ की यो रोग हो । त्यसो हैन, यो त कुनै रोगको लक्षण मात्र हो । जण्डिस सबै उमेर समुहका व्यक्तिमा देखिए पनि विशेष गरेर बच्चाहरुमा बढी देखिने गर्दछ । नवजात शिशुदेखि १५ वर्षका बच्चाहरुमा फरक फरक कारणले जण्डिस हुने गर्दछ । 

बच्चामा जण्डिस हुने प्रमुख कारण :

  • बच्चामा जन्मजात नलीको पूर्ण बिकास नहुनु ।
  • इन्जाइमको कमी ।
  • कलेजोमा संक्रमण हुनु । 
  • हेपटाइटीस ए र ईको संक्रमण ।
  • वंशाणुगत गुण ।
  • शरीरलाई आवश्यक मात्रामा तथा स्वच्छ पानी नपिउनु ।
  • जंफुडहरुको बढी सेवन गर्नु ।

जण्डिसका लक्षणहरु :
जण्डिस आफैमा कुनै रोगको लक्षण हो । यद्यपी जण्डिस भएमा यस्ता लक्षणहरु देखा पर्छन्

  • आँखामा पहेँलो देखिने ।
  • दिशा सेतो हुनु ।
  • खाना मन नलाग्ने ।
  • वाक्वाकी लाग्ने ।
  • बेहोस हुने ।
  • केही बालबालिकामा मुखबाट रगत आउने ।

जण्डिस भएका समयमा नुन तथा चिल्लोको प्रयोग धेरै भएका खानेकुरा खानु हुँदैन । पहेँलो खानेकुराहरु पनि कम गर्नुपर्दछ । धेरै मानिसहरुमा उसिनेको खाना मात्र दिनुपर्छ भन्ने भ्रम छ । तर, यस्तो बेला बच्चालाई खाना मन नलाग्ने हुनाले स्वादिलो खानेकुराहरु पनि खुवाउनुपर्छ । बेस्वादका खाना मात्र दिँदा बच्चामा पोषणको कमी भई अझ अन्य रोग निम्तिन सक्छ । 

यस अर्थ बढी मसलादार, कार्बोहाइडेड भएका खाना नदिए पनि बच्चाले रुचाउने सफा र स्वस्थ खाना दिनुपर्छ । जसले जण्डिस निको पार्न सहयोग गर्छ । जण्डिसको बेलैमा उपचार नभए कलेजोमा असर पुग्न सक्छ जसले गर्दा टाउको लगाएतका अंगमा समस्या आउन सक्छ ।

जण्डिस हुन नदिन यसो गर्ने :
नवजात शिशुमा हुने जण्डिस धेरै जसो २१ दिनभित्र घाम वा बत्तिको सहायताबाट हटाउन सकिन्छ । यसो गर्दा पनि निको भएन भने तुरुन्त विशेषज्ञकोमा लैजानु पर्छ । 

स्वस्थ खाना खुवाउने । स्वस्थ पानी प्रशस्त पिउन लगाउने । हेपटाइटिस ए लगाएतका रोग निदानका खोपहरु लगाउने । जंफुडहरुको सेवन गर्न नदिने । कुनै पनि लक्षणको शंका लागे जतिसक्दो छिटो चिकित्सककोमा लैजानु पर्दछ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-15 16:36:55

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts