नर्सहरुका लागि ‘सिपीडी’ तालिम अनिवार्य



Download our app to get more features

काठमाण्डौं, १४ बैशाख । नर्सहरुका लागि आवश्यक पेशागत दक्षता अभिवृद्धि तालिम अर्थात कन्टिन्युस प्रोफेसनल डेभलपमेण्ट(सिपीडी) आवश्यक रहेको अध्ययन सार्वजनिक भएको छ । 

बेलायतको लिभरपुल जोन मोरेज युनिभर्सिटी, बर्नमाउथ युनिभर्सिटी तथा नेपालको मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज्, नेपाल नर्सिङ्ग काउन्सिल र नर्सिङ्ग संघले गरेको संयुक्त अध्ययनले नेपालमा नर्सहरुलाई सिपीडी तालिम चाहिने तथ्याङ्क सार्वजनिक गरेको हो ।

बिहिबार नर्सिङ्ग संघमा प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा नर्सहरुले गरेको अध्ययनको साथै उनीहरुमा निरन्तर रुपमा अपडेटको लागि सिपीडी तालीम आवश्यक रहेको अनुसन्धानमा पाइएको जानकारी गाराइएको छ । अनुसन्धान प्रकृयामा संलग्न डा. सुजन मरहठ्ठाले काउन्सिलको लाइसेन्स नविकरण गर्दा पेशागत दक्षता अभिवृद्धि तालिम लिएको अनिवार्य गर्नु पर्नेमा जोड दिए । ‘यसका लागि ऐनको आवश्यक्ता रहन्छ’ डा. मरहठ्ठाले भने ‘जसको अनुगमन नर्सिङ्ग काउन्सिलले गर्नु पर्छ ।’

नर्सहरुले पनि सिपीडी तालिम आवश्यक रहेको बताएको हुँदा यसका सरोकारवालाहरु नर्सिङ्ग काउन्सिल, नर्सिङ्ग संघ, स्वास्थ्य मन्त्रालयको भूमिका रहने डा. मरहठ्ठाले बताए । 

नेपालमा सिपीडी तालिम कति आवश्यक रहेको छ भन्दै करिब डेढ वर्षमा आठबटा फोकस ग्रुप बनाइ विभिन्न नर्सिङ्गसँग आवद्ध संस्थाहरुमा छलफल गरीएको थियो । छलफलमा नर्सहरुका लागि आवश्यक पेशागत दक्षता अभिवृद्धि तालिम सिपीडी अनिर्वाय बनाउन जोड दिएका थिए । 

प्रतिवेदन प्रस्तुत गर्दैै एक जना अध्ययनकर्ता डा.विभा सिम्खडाले विदेशमा सिपीडी तालिमको व्यवस्था भए पनि नेपालमा कुनै प्रावधान नरहेको बताइन् । उनले भनिन् ‘अनुसन्धानमा सबै सरोकारवालाहरुले नर्सका लागि सिपीडी तालिम आवश्यक रहेको रहेको औंलाएका छन् ।’ 

नेपाल नर्सिङ्ग काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्माले सिपीडी आवश्यक रहेको बताउदै यसका लागि सरकारसँग छलफल भरेर यसलाई कार्यान्वयन गर्ने बताइन् ।

 नेपाल नर्सिङ्ग संघकी उपाध्यक्ष अप्सरा पाण्डेले सिपीडी तालिम आवश्यक छ भन्ने सबैलाई थाहा थियो जुन अनुसन्धानले प्रमाणित गरीदिएको बताइन् ।

Last modified on 2017-04-28 12:43:42

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts