बलिउड अभिनेता बिनोद खन्नाको निधन



Download our app to get more features

बलिउडका चर्चित अभिनेता विनोद खन्नाको निधन भएको छ । 

मुम्बईको एक अस्पतालमा लामो समयदेखि व्लड क्यान्सरको उपचार गराइरहेका खन्नाको ७० वर्षको उमेरमा बिहिवार निधन भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । 

१९६८ बाट बलिवुडमा आफ्नो अभिनय सुरु गरेका खन्नाले बलिउड महानायक अमिताभ बच्चन, ड्रिम गर्ल हेमा मालिनीदेखि अहिलेको समयमा सलमान खानका साथ चलचित्रहरुमा काम गरेका थिए । 

‘मन का मित’ चलचित्रबाट उनले अभिनयको सुरुवात गरेका थिए । खन्नाको निधनपछि सम्पूर्ण बलिउड शोकमा डुबेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समय अगाडी उनको अस्पतालमा रहेको तस्बिर सार्वजनिक भएको भएको थियो । तस्बिर सार्वजनिक भएसँगै उनका छोरा राहुल खन्नाले बुवाको स्वास्थ्य सुधार भएको र छिट्टै अस्पतालबाट घर फर्कन बताएका थिए ।  

Last modified on 2017-06-15 16:37:16

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts