जानीराखौ, गर्मीमा के–कति खाने ?



Download our app to get more features

काठमाडौ । हरेक मौसमको आ–आफ्नै विशेषता हुन्छ । त्यसैले मौसमअनुसार आपूmलाई परिवर्तन गर्दै जाने मानिस नै स्वस्थ रहन्छ । पूर्ण स्वस्थ व्यक्तिले नै जीवनलाई सकारात्मकरूपमा अगाडि बढाउने गर्छ । मौसमअनुसार खानपानमा ध्यान पु¥याउन सकेको खण्डमा स्वास्थ्यलाई मजबुत बनाउन सकिन्छ ।

गर्मी मौसममा बढी मात्रामा पेयपदार्थ पिउन मन लाग्छ । यस मौसममा सामान्यतया भोक कमै लाग्ने गर्छ । जब हामी पेयपदार्थ बढी लिन्छौं, यस्तो समयमा अन्य खानेकुरा कम खाइने भएकाले शरीरलाई आवश्यक पौष्टिक तŒव पुग्दैन । यही स्थिति लामो समयसम्म रहेमा त्यस्ता व्यक्तिलाई अल्सरको सम्भावना बढी रहन्छ । त्यसकारण तरल पदार्थको साथमा हल्का खानेकुरा खानु जरुरी हुन्छ ।

गर्मी मौसममा भारी खानाबाट बच्नुपर्दछ । किनकि पेटभरि खाना पचाउन निकै गाह्रो पर्छ । त्यसैले गर्मी मौसममा कम क्यालोरीयुक्त खाना खानु लाभदायक मानिन्छ ।

यस समयमा भिटामिन ‘ए’, ‘के’, ‘सी’ बढी आवश्यकता पर्छ । भिटामीन ‘ए’ ले आ“खालाई स्वस्थ राख्छ भने ‘के’ र ‘सी’ ले खाना पचाउन मद्दत गर्छ । गर्मीमा बढी पसिना निस्कने भएकाले अधिक मात्रामा पानीको सेवन गर्नुपर्छ । सामान्यतया एक व्यक्तिले दैनिक ५–७ गिलास पानी पिउनुपर्छ । यसले छाला तथा पेट सफा राख्छ भने भोक जगाउनुका साथै कब्जियतको समस्याबाट बचाउने गर्छ ।

गर्मीमा निम्न कुराहरुलाई प्राथमिकतामा राख्न सकियो भने शरिरमा गर्मीमा देखिने स्वास्थ्यसम्बन्धि समस्याबाट बच्न सकिन्छ ।

प्रसस्त पानी पिउने

गर्मीमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनै पर्छ । प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन ।

गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरिरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोत्तलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ

गोल्भेडा

त्यस्तै गर्मी महिनामा गोल्भेडालाई पनि अत्यधिक उपभोगमा ल्याउनु श्रेयस्कर हुन्छ । गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ । तर ख्याल गर्नुहोस्, कतिपय ठुला जातका गोल्भेडाहरुमा बढि विसादी प्रयोग भएका हुनाले केही घण्टा गोल्भेडालाई पानीमा भिजाएर या डुबाएरपछि मात्र जुस, पेष्ट या अचार बनाएर खानुहोला ।  

गाजर
गाजरको सलाद मात्र होइन, एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पु¥याउने जोखिम ५० प्रतिशत हुन्छ । खरबुजा

खरबुजा
 खरबुजा पनि गर्मीको मौषममा प्रशस्त पाइन्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन । गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ ।

काक्रो
काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।

जुस

गर्मी महिनामा धेरै तरल पदार्थ खानु आवश्यक रहेकाले सबै खालका जुसहरु खानु अत्यन्त स्वस्थ्यकर हुन्छ । फलफुल धेरै मात्रामा खाँदा पनि असर नगर्ने भएकाले गर्मी महिना धेरै रंगयुक्त फलफुल र हरिया सागसब्जी खान सल्लाह दिइन्छ ।

Last modified on 2017-06-15 16:37:44

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts