निमोनियाका कारण धेरै बच्चाको मृत्यु, तपाईको बच्चालाई यसरी जोगाउनुहोस्...(भिडियो सहित)



Download our app to get more features

काठमाण्डौं । सानो असावधानी र जनचेतनाको अभावले नेपालमा वर्षेनी धेरै बच्चाहरुको मृत्यु हुने गरेको छ । त्यसमध्ये निमोनिया पनि एक हो । अधिकांश बच्चामा निमोनियाको संक्रमण भएको पाइन्छ । बच्चामा निमोनिया किन हुन्छ र यसबाट कसरी जोगाउने वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर मीनराज पाठकको सुझाब :

बाल्यकाल भनेको संवेदनशील समय हो । थोरै प्रतिकुल वातावरण हुँदा रोग लागि हाल्छ । बच्चाहरुमा निमोनिया हुने संभावना पनि अधिक रहन्छ ।

छातीमा दाँया र बाँया भागमा फोक्सो रहेको हुन्छ । फोक्सोमा च्भकउष्चबतयचथ क्थलअथतष्ब िखष्चगक, ब्मभलय खष्चगक, च्जष्लय खष्चगक, क्ष्लागिभलशब, एबचब ष्लागिभलशब खष्चगक लगाएतको संक्रमण हुँदा बच्चाहरुमा निमोनिया हुन्छ ।

बच्चामा दम, फोक्सोमा एलर्जी हुँदा पनि निमोनिया भए जस्तै लक्षणहरु देखन्छ ।

बच्चामा निमोनियाका लक्षण :

  • ज्वरो आउनु ।
  • कोखा हान्नु ।
  • खोकी लाग्नु ।
  • श्वास प्रश्वासमा समस्या हुनु ।
  • श्वास प्रश्वासको गति छिटो छिटो हुने ।
  • कहिलेकाहीँ खकारमा रगत देखिने ।
  • ओठ र जिब्रो निलो देखिने ।

निमोनियाबाट बचाउने उपाय :

  • बच्चाको सरसफाईमा ध्यान दिने ।
  • रुघा खोकी लागेका व्यक्तिबाट बच्चालाई टाढा राख्ने ।
  • चुरोट तथा धुलो धुँवाबाट जोगाउने ।
  • स्वस्थ र सफा खाना खुवाउने ।
  • प्रयाप्त झोलिलो र पोषिलो खाना खुवाउने ।
  • आमाको बेगोती दुध खुवाउनुको साथै ६ महिनासम्म नियमित स्थानपान गराउने ।
  • निमोनिया बिरुद्धका खोपहरु लगाउने ।
  • कम्तिमा पनि ६ महिनामा स्वास्थ परीक्षण गराउने ।
  • कुनै पनि समस्या देखिए अनुमानको आधारमा औषधि सेवन नगराउने । विशेषज्ञ चिकित्सकको सल्लाहा बमोजिक औषधि सेवन गराउने ।

समयमा नै उपचार नभए यस्तो जोखिम :
फोक्सोको वरीपरी पानी, पिप, हावा भरिने संभावना रहन्छ । जसले बच्चामा जुनसुकै बेला जटिल स्वास्थ्य समस्या आउन सक्ने संभावना रहन्छ । 

भिडियो हेर्नुस् ।

 

Last modified on 2017-06-15 16:49:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts