इमानको तौल कम नभएको आरोप लागेपछि डाक्टरले दिए राजीनामा



Download our app to get more features

मिश्रबाट आफ्नो उपचार गराउन भारत आएकी इमान अहमदको तौल कम नभएको आरोप लागेपछि एकजना डाक्टरले राजीनामा दिएकी छिन् ।

इमानको उपचार मुम्बईस्थित सैफि अस्पतालमा भइरहेको र उनको उपचारमा संलग्न चिकित्सकहरुको समूहमा रहेकी डा. अपर्णा गोविल भास्करले फेसबुक मार्फत राजीनामा दिएको जानकारी गराएकी हुन् ।

इमान कि बहिनी सायमाले, बहिनी इमानको सैफी अस्पतालका चिकित्सकहरुले राम्ररी उपचार नगरेको र आफूहरुलाई बेवकुफ बनाइरहेको आरोप लगाएकी छिन् । साथै उनले भनेकि छिन्, ‘चिकित्सकहरु झुठो बोल्दैछन् र इमानको सुधारको बारेमा वास्तविक जानकारी दिइरहेका छैनन् ।’

यता, इमानको मानको उपचार डा. मफोजल लकडावालाको रेखदेखमा भइरहेको छ । केहिदिन पहिले चिकित्सकहरुले भनेका थिए, ‘इमानको तौल २५० किलो सम्म कम भएको छ तर, उनको खुट्टाको मांसपेशी कमजोर भइसकेकाले उनी जीवनभर हिड्न सक्दिनन् ।’ 

साथै चिकित्सकहरुले भनेका छन्, ‘शुरुको २५ दिन सम्म सायमा सलीमले सबै राम्रो छ भन्थिन् तर जब इमानको अवस्था राम्रो हुँदै गयो र उनलाई मिश्र लान सक्ने सुझाव दिइयो त्यो बेलादेखि सायमाले अनावश्यक कुरा गर्न थालेकि छिन् ।’ 

चिकित्सकहरुका अनुसार आर्थिक समस्याका कारण साइमा आफ्नी बहिनीलाई मिश्र लान चाहदिनन् र अस्पताल तथा चिकित्सकहरुलाई बद्नाम गर्न खोज्दैछिन् ।
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts