'अाैंलाे नियन्त्रणमा उल्लेख्य प्रगति'

आज विश्व औलो रोग दिवस

What's This?


Download our app to get more features

काठमाण्डौं, १२ बैशाख । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले नेपालले औलो रोग नियन्त्रणमा उल्लेखिय प्रगती हासिल गरेको दावी गरेका छन् ।

मंगलबार विश्व औलो दिवसका अवसरका आयोजित कार्यक्रममा महानिर्देशक पन्तले नेपाललाई औलोमुक्त अवस्थामा पु¥याउन नेपाल सरकारको उच्चस्तरिय प्रतिवद्धता रहेको बताउनुभयो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले आयोजना गरेको कार्यक्रममा उपस्वास्थ्य प्रशासक भेसराज पोख्रेलले २५ औलो प्रभावित जिल्ला सहित ६५ जिल्लामा औलो उन्मोलन अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो । 

हरेक वर्ष अप्रिल २५ मा औलो दिवस मनाइन्छ । यस पटक ‘सदाका लागि औलोको अन्त्य गरौ’ भन्ने नाराका विभिन्न कार्यक्रम गरी विश्व औलो दिवस नेपालमा पनि मनाइयो । 

औलो रोग संक्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ । यस रोगबाट गर्भवती महिला तथा पाँच बर्ष मुनिका बालबालिका बढी जोखिममा पर्दछन् । संसारमा पाइने  औलो परजिवी मध्ये दुई परजिवीहरू प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातका परजिवी मात्र नेपालमा पाइन्छ । यी दुई मध्ये प्लाज्मोडियम फाल्सिपेरमले गराउने औलोरोग बढि कडा र खतरनाक मानिन्छ । 

औलो नेपाल सरकारको प्राथामिकता एकमा पर्ने जनस्वास्थ्य समस्या हो । नेपालमा हालसम्म पनि वर्षेनी करिव एक हजारको संख्यामा प्रयोगशाला प्रमाणित औलो रोगी भेटिन्छन् । सरकारले नेपाललाई सन् २०२६ सम्म औलोमुक्त राष्ट्रको रुपमा घोषणा गर्ने लक्ष्यका साथ सन् २००७ देखि औलो नियन्यणका विभिन्न कार्यक्रम गरिरहेको छ । 
 

Last modified on 2017-06-16 12:43:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts