प्रत्येक गाउँपालिकामा प्रसुती सहितको १५ शैय्याको अस्पताल : काँग्रेस घोषणापत्र



Download our app to get more features

काठमाण्डौं, १२ बैशाख । नेपाली काँग्रेसले प्रत्यक गाउँपालिकामा प्रसुती सहितको १५ शैय्याको अस्पताल र नगरपालिकामा २५ देखि ५० शैयाको अत्याधुनिक अस्पताल निमार्ण गर्ने बताएको छ । 

मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दैै नेपाली काँग्रेसले प्रत्येक वडामा तलबी नर्स स्वयंसेवक खटाएर सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोाषणा गरेको छ ।

नेपाली काँग्रेसको ५२ पृष्ठको घोषणापत्रमा समाबेश भएका स्वास्थ्यसँग सबन्धित बिषयहरु निम्न छन् :

  • प्रत्येक गाँउपालिकामा प्रसुती सहितको १५ शैय्याको अस्पताल निमार्ण गर्ने
  • सबै नगरपालिकामा २५ देखि ५० शैय्याको अत्याधुनिक अस्पताल निमार्ण गर्ने
  • प्रत्येक वडामा तलबी नर्स स्वयंसेवक खटाएर सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारको व्यवस्था गर्ने
  • महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीयस्तरसम्म विस्तार गर्ने
  • निःशुल्क डायलासिस, मृगौला प्रत्यारोपण, बाथ मुटु रोगको उपचारलाई स्थानीय तहसम्म विस्तार गर्ने
  • सामाजिक सुरक्षामा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्ने कार्यक्रम सञ्चालन गर्ने
  • पोषिलो खाना भन्ने नाराका साथ स्थानीय स्वास्थ्य संस्थाबाट सुत्केरी भएको २ वर्षसम्म पोषण कुपन वितरण गर्ने 
  • गर्भवती महिलाको पोषणको लागि नियमित भत्ताको व्यवस्था गर्ने
  • सबै नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमलाई देशभर विस्तार गर्ने 
  • हाल कार्यान्वयनमा रहेको सुनौलो हजार दिन कार्यक्रम सबै वडाहरुमा पु¥याउने
Last modified on 2017-06-16 12:43:42

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts