NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>
Deurali_Janta_Pharmaceutical-ad

Find Hospitals, Clinics, Doctors ...

दुःखलाई अवसर ठान्ने चिकित्सक दम्पती

दुःखलाई अवसर ठान्ने चिकित्सक दम्पती

Deurali Janta New Products Ad

दुःख र पीडाविनाको मानिस परिकल्पना गर्नसमेत सकिँदैन । दुःख र पीडालाई शक्तिमा बदलेर अघि बढे सफलताको सूत्र बन्न सक्छ । उल्लिखित अभिव्यक्ति सुन्दा कुनै दार्शनिकले सुझाएको ठान्नुभयो भने तपाईं गलत हुनुहुन्छ । दुःखलाई अवसरका रूपमा लिने चिकित्सक दम्पतीको अभिव्यक्ति धेरैका लागि प्रेरणास्रोत हुन सक्छ । 

चारुहासिनी श्रीमती । अदम्य साहस भएका श्रीमान् । चिकित्सा दम्पतीको लोभलाग्दो जीवनशैली देख्दा धेरैले जिब्रो टोक्छन् । नेपाल क्यान्सर अस्पताल क्यान्सर सर्जन तथा एनेस्थेसिया विशेषज्ञ तथा अटिजम केयर नेपाल अध्यक्ष डा. सुनिता मलेकू अमात्यको मान्यता छ, ‘दुःख र संर्घषलाई सुवर्ण अवसरका रूपमा सदुपयोग गर्न सके सम्बन्धित व्यक्तिले उसको जीवन खुसी र सुखमय बनाउन सक्छ ।’ 

हराउन लागेको खुसी फर्काउने जिम्मेवारी हाम्रो काँधमा छ । अनि सपनाको संसार व्युँताउनु छ । हामीसँग दुःखी हुने समय छैन । अनि गुनासा राख्ने समय पनि ।’

हाम्रो डक्टरको नियमित स्तम्भ ‘डक्टर कपल’ का लागि कुराकानीक्रममा चिकित्सक दम्पतीले मानवजीवनलाई भावपूर्ण रूपमा परिभाषित गरे । उनीहरू भन्दै थिए, ‘हामीसँग समाज छ । त्यो समाजमा धेरैको आशा र विश्वास लुकेको छ । हराउन लागेको खुसी फर्काउने जिम्मेवारी हाम्रो काँधमा छ । अनि सपनाको संसार व्युँताउनु छ । हामीसँग दुःखी हुने समय छैन । अनि गुनासा राख्ने समय पनि ।’

प्रेमकथाबाट कुराकानी अगाडि बढाउँदा ‘डक्टर कपल’ खुल्दै गए । कुरा १९९७ तिरको हो । एमबीबीएस पढ्न चीन जानेक्रममा ‘डक्टर कपल’ को पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखादेख भएको रहेछ । पढ्ने युनिभर्सिटी अलग–अलग भए पनि एकवर्षे भाषा अध्ययन गर्ने युनिभर्सिटीचाहिँ एउटै । एक त घरपरिवारबाट टाढा, कसैले पारिवारिक माहोलमा झैं अलि बढी माया र केयर गरेपछि आत्मीयता बढ्नु स्वाभाविकै हो । एक्लोपनबाट टाढा राख्ने हरसम्भव प्रयासले सुनिताको मन जित्यो । सधैं मुस्कुराइरहने र मायालु व्यवहार गर्ने सुनिताको व्यवहारले कपेन्द्रलाई सुनिता विशेष लाग्थ्यो । त्यसैले दुवैले एक–अर्कालाई मनमा बसाउन सफल भए । एक–अर्काप्रति देखाउने माया र सद्भावले उनीहरूबीच सामिप्यतामात्रै बढाएन, आफूहरू एक–अर्काका लागि बनेका हौं भन्ने अनुुभूतिसमेत गरायो । 

‘न मैले उनीसँग प्रेम प्रस्ताव राखें न त उनले नै,’ छेउमा मुस्कुराइरहेकी डा. सुनितालाई जिस्काउँदै डा. कपेन्द्रले भने, ‘सायद हाम्रो हर्ट टु हर्ट कनेक्सन थियो । त्यसैले विनाप्रस्ताव एक–अर्कालाई बुझ्यौं । अनि मायामा प¥यौं । हैन डा. सुनिता ?’

‘न मैले उनीसँग प्रेम प्रस्ताव राखें न त उनले नै,’ छेउमा मुस्कुराइरहेकी डा. सुनितालाई जिस्काउँदै डा. कपेन्द्रले भने, ‘सायद हाम्रो हर्ट टु हर्ट कनेक्सन थियो । त्यसैले विनाप्रस्ताव एक–अर्कालाई बुझ्यौं । अनि मायामा प¥यौं । हैन डा. सुनिता ?’ 

डा. सुनिताले थपिहालिन्, ‘एक–अर्कालाई महसुस गर्नु, एक–अर्कामा हराउनु, लामो समय टेलिफोनमा कुराकानी हुनु सायद त्यही प्रेमको अनुभूति थियो ।’ 
दूरीले बढाएको माया एकवर्षे भाषा पढाइ सकिएपछि डा. कपेन्द्र र डा. सुनिता पढ्नका लागि अलग भए ।  दूरी बढ्दैमा सम्बन्ध टाढा हुनै सक्दैन । कपेन्द्र बेलाबेला सुनितालाई भेट्न जान्थे । फोनमा घन्टौं कुराकानी हुन्थे । इमेल इन्टरनेटको त्यति विकास भइनसकेकाले बेलाबेला चिट्ठीपत्र आदानप्रदानसमेत हुन्थ्यो । दूरीले सम्बन्धलाई अझ प्रगाढ बनाउँछ भन्ने प्रमाणित भएको डा. सुनिता सुनाउँछिन् । .

‘हामी भौतिक रूपमा टाढा थियौं,’ डा. कपेन्द्र भन्छन्, ‘तर, हरसमय एक–अर्काको साथमै हुन्थ्यौं । दूरीले हाम्रो सम्बन्धमा ग्याप होइन, प्रगाढ बनाउँदै लग्यो ।’

एमबीबीएस सकेर डा. कपेन्द्र नेपाल फर्के । तर, डा. सुनिता एमडी अध्ययनका लागि चीनमै रहिन् । दुईवर्षे इन्टर्नसिप सकेर २००४ मा डा. सुनिता नेपाल फर्किन् । लगत्तै पाटन अस्पतालकी जागिरे भइन् । २००४ मा विशेषज्ञताको पढाइ सकेर डा. कपेन्द्र फर्के । त्यस्को केही महिनामै परिवारिक सल्लाह तथा रीतिरिवाजअनुसार प्रेमसम्बन्धलाई मूर्त रूप दिँदै विवाहबन्धनमा बाँधिए । 

एमबीबीएस सकेर डा. कपेन्द्र नेपाल फर्के । तर, डा. सुनिता एमडी अध्ययनका लागि चीनमै रहिन् । दुईवर्षे इन्टर्नसिप सकेर २००४ मा डा. सुनिता नेपाल फर्किन् । लगत्तै पाटन अस्पतालकी जागिरे भइन् । २००४ मा विशेषज्ञताको पढाइ सकेर डा. कपेन्द्र फर्के । त्यस्को केही महिनामै परिवारिक सल्लाह तथा रीतिरिवाजअनुसार प्रेमसम्बन्धलाई मूर्त रूप दिँदै विवाहबन्धनमा बाँधिए । 

भरतपुरमा ‘इन्जोय’
बिहेलगत्तै कपेन्द्र भरतपुर क्यान्सर अस्पतालको जागिरे भए । पाटन अस्पतालको सरकारी जागिरे बनिसकेकी डा. सुनितालाई अलग्गिएर बस्नु त्यति ठीक लागेन । त्यसैले डा. कपेन्द्रलाई साथ दिन छँदाखादाको सरकारी जागिर छाडेर डा. कपेन्द्रकै साथमा भरतपुर क्यान्सर अस्पतालमा पुगिन् । 

डा. सुनिता एनेस्थेसियन, डा. कपेन्द्र क्यान्सर सर्जन दुवैको एउटै क्षेत्र । त्यसमाथि एक–अर्काविना पेसासमेत अधुरो । त्यसले उनीहरूलाई काम गर्न थप ऊर्जाशील बनाउँदै लग्यो । भरतपुरको बसाइ निकै रमाइलो रहेको उनीहरूको स्वीकारोक्ति छ । ‘अस्पतालबाहेक निजीमा काम नगर्ने हुँदा एक–अर्काका लागि समय निकाल्न निकै सजिलो थियो । घुमिन्थ्यो । पार्टी गरिन्थ्यो । खुबै रमाइलोसँग बिते दिनहरू,’ डा. कपेन्द्र बोलिरहँदा डा. सुनिताले थपिन्, ‘हामीले त्यो समय खुबै इन्जोय ग¥यौं । सायद त्यो समय जीवनको स्वर्णिम समय थियो ।’ 

छोराको शारीरिक विकाससँगै बोली के कारणले फुटेन पत्ता लगाउन त्यति सहज थिएन । भर्खर अमेरिकाबाट फर्केका बालमनोरोग विशेषज्ञ डा. अरुण कुँवरकहाँ परार्मश लिन पुगे । डा. कुँवरले छोरालाई अटिजम भएको बताए । त्यतिबेला उनीहरूको जीवनमा एकैपटक ठूलो धक्का लाग्यो । ‘मेरा लागि शब्द नै नौलो थियो । जब घर फर्केर इन्टरनेट हेरें, त्यसपछि म त्यति धेरै डराएँ कि मैले आफूअघि केही देखिनँ,’ डा. सुनिताले भनिन् । 

दुःख नै सुवर्ण अवसर
२००६ मा उनीहरूलाई एक सन्तान प्राप्त भयो । बेलाबेला काठमाडौं आवतजावत भइरहन्थ्यो । जन्मँदा सामान्य अवस्थमा जन्मेको छोराको गतिविधि अन्य बच्चाको जस्तो सामान्य थिएन । छोराको शारीरिक विकाससँगै बोली के कारणले फुटेन पत्ता लगाउन त्यति सहज थिएन । भर्खर अमेरिकाबाट फर्केका बालमनोरोग विशेषज्ञ डा. अरुण कुँवरकहाँ परार्मश लिन पुगे । डा. कुँवरले छोरालाई अटिजम भएको बताए । त्यतिबेला उनीहरूको जीवनमा एकैपटक ठूलो धक्का लाग्यो । ‘मेरा लागि शब्द नै नौलो थियो । जब घर फर्केर इन्टरनेट हेरें, त्यसपछि म त्यति धेरै डराएँ कि मैले आफूअघि केही देखिनँ,’ डा. सुनिताले भनिन् । 

छोराको दोस्रो वर्षको जन्मदिन मनाउन काठमाडांै आएका उनीहरू पुनः भरतपुर नजाने निर्णयमा पुगे । त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा काम थाले । चिकित्सकमा धैर्य, सहनशील र अरूलाई उत्प्रेरित गर्ने क्षमता सदैव हुनुपर्छ । बिरामीलाई हिम्मत जगाइदिइराख्ने गर्नुपर्छ । जसले उनीहरूको पीडामा राहत अनुभूति गराओस् । अरूलाई हिम्मत जगाउने पेसामा रहेका उनीहरूले आफ्नो सन्तानमा मानसिक कमजोरी देख्दा मन कसरी थामिएला र ?

छोराकै कारण हाम्रो परिवारको मात्र होइन, सिंगो समाजमा अटिजम समस्या भएका बालबापलिकाका लागि काम गर्ने जिम्मेवारी थपिदिएको छ ।’ 

‘हाम्रो जीवनको सबैभन्दा कठिन र पीडादायी समय थियो त्यो । जस्तोसुकै दुःख आइपरे पनि हरेस नखाने मान्छेले नै संसार जितेका छन् भन्ने बुझेर एक–अर्कालाई सम्हाल्यौं,’ डा. कपेन्द्रले भने, ‘जीवनको पीडादायी अवस्थालाई अवसरको असली खुड्किलो ठानेकाले छोराले हाम्रो जिन्दगी नै बदलिदियो । छोराकै कारण हाम्रो परिवारको मात्र होइन, सिंगो समाजमा अटिजम समस्या भएका बालबापलिकाका लागि काम गर्ने जिम्मेवारी थपिदिएको छ ।’ 

भरतपुर अस्पतालको जागिर छाडेर क्यान्सर अस्पताल भक्तपुरमा जागिर थालेका उनीहरू छोराको उपचारका लागि भारतको नयाँदिल्ली पुगे । तीन महिनाको बिदा लिएर यी दम्पतीले त्यहीं अटिजमबारे तालिमसमेत लिएर फर्के । त्यसपछि आफ्नो छोराजस्तै अटिजम भएका बालबालिकाका लागि काम गर्न नेपाल अटिजम केयर स्थापना गरे । अटिजम केयरमा सयांै बालबालिकाले सेवा पाइरहेका छन् । त्यो समय उनीहरूले आफ्नो छोराको स्वास्थ्य अवस्थालाई समस्या मानेर निराश भएर बसेको भए आज जीवनलाई सफलताको बाटोमा डो¥याउन निकै कठिन पर्ने उनीहरूको ठम्याइ छ । 

‘जीवनको सबैभन्दा दुःखद समय नै हाम्रा लागि सबैभन्दा ठूलो अवसर बनिदियो,’ आफूछेउमै मुस्कुराइरहेकी डा. सुनितालाई हेर्दै कपेन्द्रले भने, ‘अहिले हाम्रो लाइफमा कत्ति पनि खालिपन छैन । जीवनको यो यात्राका लागि उनी मेरी सहयात्रीमात्र होइन, जिन्दगी नै हुन् ।’ 

‘जीवनको सबैभन्दा दुःखद समय नै हाम्रा लागि सबैभन्दा ठूलो अवसर बनिदियो,’ आफूछेउमै मुस्कुराइरहेकी डा. सुनितालाई हेर्दै कपेन्द्रले भने, ‘अहिले हाम्रो लाइफमा कत्ति पनि खालिपन छैन । जीवनको यो यात्राका लागि उनी मेरी सहयात्रीमात्र होइन, जिन्दगी नै हुन् ।’ 

सुनिता पनि के कम । थपिहालिन्, ‘सायद म धेरै लक्की छु । जीवनलाई बुझेका एक असल साथीलाई श्रीमान्का रूपमा पाएकी छु । अनि आमाले जस्तै माया गर्ने, सपोर्ट गर्ने समझदार सासु पाएकी छु । योभन्दा बढी खुसी के नै हुन सक्छ र ?’

दुई वर्षअघि क्यान्सर अस्पताल भक्तपुर छाडेर नेपाल क्यान्सर अस्पतालमा कार्यरत यी ‘डक्टर कपल’ चिकित्सा पेसा काममात्र नभएर ‘प्यासन’ नै भएको बताउँछन् । 
छोरालाई अटिजम भएपछि जीवनको खुसी के हो भन्ने बुझेको उनीहरूको साझा बुझाइ छ । ‘साना कुराको मूल्य बुझेका छौं । जसले जीवनमा खुसीसँगै सन्तुष्टिसमेत प्रदान गर्छ,’ उनीहरू भन्छन्, ‘दुःख यति हो कि हामी धेरै सामाजिक समारोहमा सरिक हुँदैनांै । साथीभाइ आफन्तलाई पर्याप्त समय दिन सक्दैनौं । त्यसबाहेक आज हामीसँग सबथोक छ । खुसीसाथ जिन्दगी बाँच्न सकेका छौं ।’ 

IPA gagan thapa Swastha Bema AD below news KDC Ad Below News
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

प्रतिक्रियाहरु (1)

  • Rameswor Manandhar on Tue, Apr 25 2017 06:53 PM

    So heart touching They are so proud of there child, That is it Have a nice time to both of you God bless you & your family


यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top