सजग बनौ : यस्ता लक्षण देखिए हृदयघात हुनसक्छ (भिडियो सहित)



Download our app to get more features

मेर नपुगी मृत्यु हुने रोग मध्य हृदयघात पनि एक हो । यो प्राणघातक र जोखिम युक्त रोग हो । हृदयघातका कारण वर्षेनी धेरैले ज्यान गुमाउने क्रम बढ्दो छ । के हो हृदयघात ? कसरी यसबाट जोगिने ? वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर शेखर राजभण्डारीसँग गरिएको कुराकानीमा आधारित सामाग्री :

हृदयघात भनेको के हो ?
यो प्राणघातक रोग हो । मुटुमा रगत पुर्याउने धमनीमा बोसो जम्नु वा अन्य कारण स्वचालित रगत प्रवाहमा अबरोध हुदा मुटुका मांसपेशीमा अक्सिजनको कमी हुन्छ । यसले गर्दा मुटुका मांशपेशी आवश्यक रुपमा न त खुम्चन पाउछन न त  फैलन नै । यस्तो अवस्थामा मुटुले काम नगर्नुलाई नै हृदयघात भनिन्छ ।

कस्ता व्यक्तिलाई हृदयघातको जोखिम उच्च रहन्छ ?
हृदयघात कुनै पनि उमेर, लिंगका मानिसलाई हुन्छ । यद्यपी उमेर ढल्कदै गएका मानिसलाई हृदयघात हुने संभावना बढी हुन्छ । साथै, तलका उल्लेखित कारणले पनि हृदयघात हुने संभावना बढाउँछ । 

  • बढी तौल ।
  • उच्च रक्तचाप ।
  • मधुमेह ।
  • विलाशी जीवनशैली ।
  • तनाब बढी लिने । 
  • वंशाणुगत गुण ।
  • अस्वस्थ खानपान ।
  • मध्यपान, धुम्रपानको बढी सेवन ।

हृदयघातका लक्षण के के हुन् ?
हृदयघात जटिल प्रकारको रोग हो । यसको कुनै पनि लक्षण नदेखिई एक्कासी हुन्छ भन्ने धेरैमा भ्रम छ । तर हृदयघात हुनुपूर्व बिभिन्न किसिमका लक्षणहरु देखिन्छन् । यस्ता लक्षणलाई वास्ता नगरेका कारण हृदयघात हुन्छ । समान्यतयाः हृदयघातका लक्षण निम्न छन् :

  • भारी हुने, दुख्ने ।
  • हिड्दा स्वाँ–स्वाँ हुने ।
  • छातीको बायाँ तर्फ दुख्नु ।
  • बढी पसिना आउने ।
  • थकानको महसुस हुने ।
  • मुटुको गति तिब्र हुने ।
  • श्वास फेर्न असहज हुने ।
  • कोही कोहीमा ढाड, पेट दुख्ने हुन्छ ।

हृदयघात हुनबाट कसरी बच्ने ?

  • नियमित व्यायम गर्ने ।
  • उच्च रक्तचाप, मधुमेह र तौललाई नियन्त्रणमा राख्ने ।
  • तारेको, बढी मसलादार खाना नखाने ।
  • धुम्रपान, मध्यपान नगर्ने ।
  • आफ्ना पुस्ताका अग्रजहरुमा यस्तो समस्या भए कम्तिमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराउने ।
  • रेसेदार खानाको साथै हरिया सागपात र पहेला फलफूल खाने ।
  • प्रशस्त सफा पानी पिउने ।

यो रोग लागे पछि समयमा उपचार भएन भने मानिसको मृत्यु हुन्छ । यदी उपचार ढिला गरेको अवस्थामा व्यक्ति बचाउन सकिए पनि पूर्ण रुपमा ठीक नहुने वा अपांग हुने संवाभना प्रवल रहन्छ । तसर्थ कुनै पनि लक्षणको शंका लागे समयमा नै उपचार गराउनु पर्दछ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-16 15:32:54

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts