वलिउड नायिका हुमा कुरेशी ‘फ्याट टु फिट’



Download our app to get more features

वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । 

हुमाले आफ्नो इन्स्टाग्राम एकाउण्टमा आफ्नो २८ दिनको डाईटको फोटो पोस्ट गरेकी छिन् । त्यो तस्विर उनका प्रशंसकहरुले मन पराएका छन् । 

सामाजिक सञ्जालमा हुमाको यो पोष्टहरु देखेर एक न्यूट्रिसन ब्राण्डको ध्यान तानिएको छ, जो छिट्टै आफ्नो उत्पादन भारतिय बजारमा बिक्रिको सुरुवात गर्दैछ । 

हुमाको बढ्दै गरेको तौलका बिषयमा चर्चा बढ्दै गएको थियो । जसका कारण मार्च २६ बाट उनले आफ्नो डिटक्स डाइट सुरु गरिन । उनले पोष्ट गरेको फोटोसँगै आफ्ना प्रशंसकहरुलाई खानाको पूर्ण विवरण पनि लेखेकी छिन् । 

साथै उनले लेखेकी छिन्, ‘चीनी, सोडा, ग्लुटेन जस्ता चिज छाड्नु पर्दछ र हरेक दिन स्वस्थ खानाबाट आफ्नो दिनको सुरुवात गर्नुपर्दछ । जो कोही प्रशंसक यदि तौल घटाउन चाहान्छन् भने यो डाईट फलो गर्न सक्नुहुन्छ ।’

हुमा आफ्नो दिनको सुरुवात एक गिलास तातो पानीमा कागती र अदुवा हालेर पीएसँगै सुरु हुन्छ । बाँकी दिनमा पनि आफूलाई फ्याटबाट फिट बनाउन हल्का प्रकारका खाना र नाश्ता खाँदैछिन् । 
 

Last modified on 2017-06-11 13:32:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts