चिकित्सकमाथी हातपात गर्ने व्यक्ति पक्राउ

What's This?


Download our app to get more features

काठमाण्डौ, बैशाख ८ । सेवामा खटिरहेका चिकित्सकमाथी मुक्का प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । कान्ति अस्पतालमाका डाक्टर मुकुन्द कुमार देवलाई काममा रहेका बेला मुुक्का प्रहार गर्ने विरामीका आफन्त पक्राउ परेका हुन् ।

सोलुखुम्वु वेनी गाविसका २६ बर्षिय अनिल श्रेष्ठ काठमाण्डौको बानियाटारबाट पक्राउ परेका हुन् । उनीमाथी आवाश्यक थप अनुसन्धान गरी आरोप प्रमाणित भए सार्वजनिक मुद्धा चलाईने महाराजगञ्ज बृत्तका डिएसपी गोविन्द पुरी जानकारी दिए । 

श्रेष्ठले बुधबार दिउसो अस्पतालमा काम गरिरहेका डा. मुकुन्द कुमार देवमाथि मुक्का प्रहार गरेर फरार भएका थिए ।
 

Last modified on 2017-06-16 15:43:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts