हड्डी सुन्नीने वा दुख्ने बाथ के हो ?(भिडियो सहित)



Download our app to get more features

काठमाण्डौं । बाथ धेरै प्रकारको हुन्छ । जसमध्ये हड्डी दुख्ने, सुन्निने बाथ धेरै मानिसलाई लाग्छ । हुन त बाथ भन्ने बितिकै एकै प्रकृतिको मात्र हुन्छ भन्ने आम बुझाइ रहेको छ । तर, यो भ्रम मात्र हो । यस्तो बाथको समय मै उपचार नगरे ज्यानै जाने खतरा प्रवल रहन्छ । हड्डी सुन्नीने, दुख्ने बाथ के हो, कसरी लाग्छ र बच्न के गर्ने ? बाथ रोग विशेषज्ञ डाक्टर अरुण कुमार गुप्ताको सुझाब :

बाथ धेरै प्रकारको हुन्छ । त्यसमा हड्डी सुन्नीएर लाग्ने बाथ एक हो । चिकित्साशास्त्रामा सामान्यतया बाथलाई राम्रो र नराम्रो भनेर दुई प्रकारमा छुट्टाइएको हुन्छ । हड्डी सुन्नीने, दुख्ने बाथ रोग नराम्रो बाथ अन्तर्गत पर्दछ । यस्तो बाथ प्राण घातकसमेत हुन सक्छ । हातका औलाको जोर्नी दुखेर वा सुन्नीएर यो बाथ सुरु हुन्छ । 

यो बाथ लाग्ने कारण :
बाथ यही कारणले लाग्छ भन्ने एकीन नभए पनि रोग प्रतिरोधात्मक क्षमतामा कम हुदा बाथ रोगको समस्या देखिन्छ । यसमा बाह्य वातवरणको असर नपरे पनि वंशाणुगत प्रभाव पर्न सक्छ ।

यो बाथ लाग्दा निम्न लक्षण देखिन्छन् :

  • सुरु सुरुमा हातका जोर्नीहरु कक्रक्क हुने, दुख्ने ।
  • बिस्तारै बिस्तारै सबै अंगका हड्डीमा सर्ने, हड्डी दुख्ने, कुजिएको जस्तो हुने ।
  • छालामा गिर्खाहरु देखिने ।
  • नसाहरु पोल्ने, झम्झमाउने ।
  • आलास्य हुने ।
  • दुखाईका कारण अनिन्द्रा हुने । 
  • लामो समयसम्म भएमा हड्डीहरु नचल्ने, कुँजो हुने ।

यो सबै उमेर समुहका मानिसमा देखिने गर्छ । तर, विशेषगरी पुरुषको तुलनामा महिलामा बढी मात्रामा भएको पाइन्छ ।  

बाथ भयो भन्दैमा सबैले मुख बार्ने गरेको पाइन्छ । बाथ रोग भएमा धुम्रपान, मध्यपान बाहेक अरु मुख बार्नु पर्दैन । बाथ रोगीले औषधि सेवन गरीरहेको समयमा धुमपान, मध्यपान सेवनले बाथको औषधिको प्रभावकारीता घटाउँछ ।

बच्ने उपाय :
बाथ रोगबाट बच्ने प्रमुख उपाय सक्रिय जीवनशैली, स्वस्थ खानपान, नियन्त्रीत तौल नै हो ।

हड्डी सुन्नीने बाथ जटील प्रकृतिको भएकाले पनि कुनै शंका लाग्ने बित्तिकै उपचार गरिहाल्नु पर्छ । सुरुवाती चरणमै उपचार गरे ९० प्रतिशत ठिक हुने संवाभना हुन्छ । उपचारमा ढिलाई भएमा स्वास्थ, समय र खर्चको हिसावले जटिल बन्न सक्छ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-16 15:47:00

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts