अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा



Download our app to get more features

टेक्सास (अमेरिका), ८ वैशाख । अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना गरिनु भएका अमेरिकाका पूर्वराष्ट्रपति एवं बयोबृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ स्थितिको जानकारी लिन उनकै पुत्र, अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस अस्पताल पुग्का छन् । 

९२ बर्षिय पूर्वराष्ट्रपति बुसलाई गत शुक्रबार अचानक लगातार कडा खोकी लागेकाले तत्कालै स्थानीय हाउस्टन मेथोडिस्ट हस्पिटल पु¥याइएको थियो । त्यहाँ डाक्टरी जाँचपछि उनलाई निमोनियाले ग्रस्त बनाएको पत्ता लागेको थियो । 

बयोबृद्ध बुसका पारिवारिक प्रवक्ता जिम म्याकग्राथका अनुसार उपचारपछि शारिरीक शिथिलतामा कमी आएको, आराम महसूस भै फूर्ति बढ्नुका साथै उनको स्वास्थस्थितिमा क्रमिक सुधार आई हिजोसम्म स्थिर रहेको थियो । 

पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९८९ देखि १९९३ सम्म चारबर्ष र उनका पुत्र जर्ज डब्ल्यु बुसले सन् २००१ देखि २००९ सम्म – दुई पटक गरी आठ बर्ष सम्म अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हालेका थिए । रासस
 

Last modified on 2017-06-16 15:49:10

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts