पहेँलो दाँतको उपचार गर्ने घरेलु उपाय



Download our app to get more features

हेर्दा आकार्षक र सुन्दर देखिने दाँत हरेक मानिसको चाहाना हुन्छ । हरेक जिवित प्राणीको शरीरमा दाँतको अति नै महत्व छ । यसका साथै दाँतले मानिसको सौन्दर्यमा पनि उत्तिनै ठुलो भूमिका खेलेको हुन्छ ।

सफा र चम्किलो दाँत सबैको चाहाना हुँदा हुँदै पनि दाँत पहेँलो हुने समस्या धेरैले झेल्नु परिरहेको छ । उचित तरीकाले दाँतको हेरचाह नगर्नु, पराग, सुर्ति, सुपारी सेवनको उपज हो दाँतको पहेँलो पन । तर यस्ता समस्याबाट छुटकारा पाउन हामीले घरेलु उपाय पनि अपनाउन सक्छौं ।

तुलसी

दाँतको पहेँलोपन हटाउन तुलसीले महत्वपूर्ण भूमिका खेल्छ । यसले दाँतमा रहेको पहेँलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउन सहयोग गर्छ । तुलसीको पातलाई घाममा सुकाएर पाउडर बनाइ टुथपेस्टसँग मिलाएर ब्रस गर्ने गर्दा दाँतको पहेँलोपन हटेर चमक आउन थाल्छ ।

नुन र तेल

हाम्रो घाउँघर तिर नुन र तेलले दाँंत सफा गर्ने चलन अझै पनि छ । नुनमा २–४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केही दिनमै दाँतको पहेँलोपन हटेर जान्छ ।

सुन्तलाको बोक्रा र तुलसीको पात  

ब्रस गरिसकेपछि घाममा सुकाएको सुन्तलाको बोक्रा र तुलसीको पाउडरले दाँतमा हल्का मसाज गर्दा सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण चम्किलो हुन्छ ।

गाजर

खाना खाइसकेपछि दिनहुँ गाजर खाँदा दाँतको पहेँलो पन हट्छ । गाजरमा रहेको रेसाहरुले दाँंतलाई राम्रोसँग सफा गर्न मद्धत गर्दछ ।

निमको पात

निमको पातले दाँत सफा गर्दा निकै फाइदा हुन्छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने शक्ति रहेको छ । यो प्राकृतिक एन्टिब्याक्टरिया र एन्टिसेफ्टिक औषधि हो । निमको सानो हाँगाले दाँत सफा गर्दा कुनै रोग लाग्दैन र दाँत पहेलो भएको भए पनि हट्छ ।

कागतीको रस

कागतिको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानी मिसाइ खाना खाइसकेपछि दिनहुँ कुल्ला गर्ने गर्दा दाँतको पहेँलोपन त हट्छ नै सास गनाउने समस्याबाट पनि मुक्ति पाइन्छ ।

स्ट्रबेरी

दाँत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो स्ट्रबेरी । यसमा पाइने मालिक एसिडले दाँतलाई सेतो र चम्किलो बनाउँछ ।

केरा

केराको पेष्ट बनाइ दाँंतलाई दिनहु एक मिनेट मसाज गरी ब्रस गर्न सकिन्छ । यो उपाय दिनहुँ गर्नाले दाँतको पहेँलोपन हटेर जान्छ ।  

एजेन्सीको सहयोगमा

Last modified on 2017-06-16 15:50:37

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts