स्वास्थ्य शिविरको बहानामा मानव अङ्ग बेचबिखन 



Download our app to get more features

काठमाडौँ, ७ वैशाख । विभिन्न नयाँ तरीका अपनाउदै स्वास्थ्य शिविरका बहानामा मानव अङ्ग बेचबिखनका लागि आधार तयार पार्ने गिरोह बढ्दै गएको अनुसन्धानामा खुलेको छ । 

आज राजधानीमा जनअधिकार संरक्षण मञ्च (पिपिआर) नेपालले आयोजना गरेको ‘नेपालमा मिर्गौला बेचविखन’ विषयको अन्र्तक्रियामा स्वास्थ्य शिविरको बहानामा मानव अङ्ग बेचबिखनको व्यापार गर्ने पाइएको प्रहरी उपरीक्षक किरण बज्रचार्यले बताइन् । 

प्रहरी उपरीक्षक वज्राचार्यका अनुसार आपराधिक गिरोहले गाउँघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, रक्तपरीक्षण गर्ने बहानामा व्यक्तिको विवरण तयार पार्ने गर्दछन् । यसरी तयार पारेको विवरण विभिन्न तरिकाले मिर्गौला बिक्रीको अवस्थासम्म पुग्ने उनको दाबी छ । 

विषेशगरी काभे्रपलाञ्चोक, नुवाकोट, रामेछाप, मकवानपुरलगायतका जिल्लामा यस्तो क्रियाकलाप धेरै हुने गरेको उनले जानकारी दिइन् ।  

जनअधिकार संरक्षण मञ्च नेपालका निर्देशक सतिश शर्माले काभ्रेपलाञ्चोकको नौ गाविसमा गरेको अनुसन्धानमा ३६ जनाको मिर्गौला बिक्री भएको देखिएको बताए । 

होक्से, साठीघर भवगती, अनेकोट, देवभूमि बालुवा, काभ्रे नित्य चण्डेवरी, पाचंखाल, फुलवारी, ज्याम्दी, जैसीथोक गाविसका २ सय ४२ जनामा गरिएको अनुसन्धानमा ३६ जनाको मिर्गौला बिक्रि भएको देखिएको हो । 

धेरै व्यक्ति आर्थिक अभाव, समुन्नत जीवनको चाहनामा मिर्गौला बेचबिखन गरेको अनुसन्धानमा देखिएको छ । ‘दलालले पीडितहरुलाई एउटै मिर्गौला भएपनि हुन्छ भन्ने मानसिकता तयार गराएको देखियो ।’ शर्माले भने ‘तपाईको मिर्गौला फेरी पलाउँछ भन्ने भम्र र घरजग्गा पाउने आशा देखाएर मिर्गौला बेच्न प्रलोभनमा पारेकोसम्म भेटियो ।’

यसरी अबैद्य रुपमा निकालिएको मिर्गौला बेचबिखनका लागि चेन्नई, चन्दीगढ, नयाँ दिल्लीमा लगिने गरिएको छ । पाँच लाखदेखि आठ लाख ४० हजारसम्म दिने आश देखाइए पनि ४० देखि ५० हजार मात्र दिइएको पाइएको छ । 

Last modified on 2017-06-16 16:00:12

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts