जनै खटिराको बेलैमा उपचार नभए मृत्यु ? (भिडियो सहित)



Download our app to get more features

नै खटिरा एक प्रकारको भाइरल इन्फेक्सन हो । भेरिसेला जोष्टर भाइरसका कारण जनै खटिरा आउँछ । जनैको जस्तो आकारमा देखिने भएकाले यसलाई जनै खटिरा भनिएको हो ।

जनै खटिरा लागेपछि निको हुँदैन र मृत्यूसम्म हुन्छ भन्ने भ्रम जनमानसमा रहेको छ । बास्तवमा के हो त जनै खटिरा ? कस्ता व्यक्तिलाई यो रोग लाग्ने संभावना रहन्छ ? के हुन् जनै खटिराका लक्षण र उपचार नगरे कस्तो जोखिम आउन सक्छ ? जनै खटिराको विषयमा वरिठ छाला रोग विशेषज्ञ डा. नितेश राज पोखरेलसँगको कुराकानीमा तयार पारिएको सामाग्री । 

जनै खटिरा सबै उमेरका मानिसलाई हुन्छ । विशेषतः पहिले ठेउला आएका व्यक्तिमा जनै खटिरा आउँने संभावना बढी हुन्छ । यसको अर्थ ठेउला आउने सबैमा जनै खटिरा देखिन्छ भन्ने छैन ।

यो भाइरस शरीरमा एक पटक प्रबेश पछि जीवनपर्यन्त रहन्छ । सुसुप्त रुपमा बस्ने भाइरस अलिकति अनुकुल समय वा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएमा पुनः देखापर्दछ । 

कस्ता व्यक्तिलाई जनै खटिरा आउने संभावना प्रवल हुन्छ ? 

  • पहिले ठेउला आएका ।
  • एचआभी भएका ।
  • मधुमेह, मृगौला, मुटु, क्यान्सर लगाएतका दीर्घ रोगी ।

लक्षणहरु :

  • खटिरा आएको ठाउँमा धेरै दुख्ने ।
  • पानीका स–साना फोका आउने ।
  • शरीरको कुनै एक पाटोमा खटिरा आउने ।(हात, पाखुरा, खुट्टा वा कुनै पनि ठाउँमा)
  • झस्का हाने जस्तो गरि दुख्ने ।

जनै  खटिरा लागि सकेपछि जति सक्दो छिटो परीक्षण गराउनु पर्छ । यसको एक दुई दिन भित्रमा परीक्षण गरि औषधि सेवन गरेमा दुखाई कम हुनुका साथै रोग पनि छिट्टै निको हुन्छ । 
यो रोग लागिसके पछि कसैलाई एक दुई हप्तामा ठीक हुन्छ त कसैलाई एक दुई वर्षसम्म दुखाई रहिरहने हुन्छ । 

समयमै उपचार नगरे यस्ता रोगको जोखिम उच्च :

  • मुख बांगो हुने ।
  • आँखामा दृष्टि कम हुने ।
  • मष्तिस्क घात हुने ।

समयमै उपचार नगरेको अबस्थामा यो रोगले मृत्यु समेत हुन सक्छ । यस कारण जति जक्दो छिटो उपचार गर्नु पर्दछ ।

भिडियो हेर्नुस् ।

Last modified on 2017-06-16 16:00:54

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. ठेउला नअाएका, मुटु, hiv, मृगाैला, क्यान्सर अादि ईत्यादि नभएकालाई पनि जनै खटिरा अाएकाे छ । उसलाई अाउनुकाे कारण के हाे ? अनि शुरूमा मृत्यु भ्रम हाे भनिएकाे छ फेरि अन्तमा मृत्यु पनि हुन सक्छ भनेर ससंकित पारिएकाे छ खास भन्न खाेजिएकाे कुरा के हाे? बिरामीले थाहा पाए त उ झन् अात्तिन्छ नि हैन र ?

  2. महान्नद पराजुलीon Thu, Sep 07 2017 09:11 AM

    यसको रोक थाम र अौषधी को नाम भन्दिनु भएको भए राम्रो हुने थियो ॥


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts