गर्मीमा खाना बिग्रिने समस्याबाट यसरी छुट्कारा पाउन सकिन्छ...



Download our app to get more features

खाना बीना हामी बाँच्न सक्दैनौं । खाना सबैका लागि अपरिहार्य कुरा हो । तर त्यही खाना सुरक्षित भएन भने त्यसले अनेकौं समस्या निम्त्याउन सक्छ ।

गर्मी मौसममा खानेकुराहरु छिट्टै बिग्रिन्छ र यो एउटा समस्याको रुपमा पनि देखापर्दै गएको छ । तर हामी थोरैमात्र सचेत भयौं भने खानालाई खराब हुनबाट बचाउन सक्छौं । केही उपाय अपनाएर गर्मीमा खाना बिग्रिने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

  • धेरै तापक्रम हुँदा खानामा जिवाणुहरु बढ्ने गर्दछ । त्यसैले गर्मीमा खानेकुरालाई निश्चित तापक्रममा एक घण्टा भन्दा बढी राख्नु हुँदैन । खानालाई चिसो बनाएर ४ डिग्री सेन्टिग्रेटमा फ्रिजमा राख्नुलाई सुरक्षित मानिन्छ । खाना बनाइसकेपछि तुरुन्तै फ्रिजमा कहिल्यै राख्नु हुँदैन ।
  • गर्मीमा धेरै दिनसम्म फ्रिजमा राखिएको खाना खराब हुनसक्छ । त्यसैले फ्रिजमा तीन÷चार दिनभन्दा बढि राख्नु हुँदैन ।
  • फ्रिजमा धेरै सामानहरु राख्ने गर्नाले फ्रिजको कुलिङमा असर पर्छ । फ्रिजमा कुलिङ सन्तुलन राख्नका लागि हावाको सर्कुलेशन राम्रो हुन जरुरी छ । धेरै खाना स्टोर नगरेर थोरै खाली ठाउँ पनि राख्नुपर्छ । 
  • फुड कुनै पनि बेला विषमा रुपान्तर हुनसक्छ । त्यसैले सफाइमा ध्यान दिन निकै जरुरी छ । भाँडाकुडा र चाक्कु लगायतका सामग्रीहरुको सरसफाईमा पनि ध्यान दिनुपर्दछ । 
  • पाकेको खानालाई कहिल्यै पनि कच्चा खानासँग राख्नुहुँदैन । यसले खाना छिट्टै खराब हुन्छ । यदि धेरै खाना छ भने स–साना भाँडोमा राख्नुपर्छ । एउटै भाँडोमा धेरै खाना राख्ने गर्नुहुँदैन । किनकी यसरी खानालाई राख्दा पुरै खाना चिसो हुँदैन ।
  • दुधलाई राम्रोसँग उमालेर चिसो भएपछि ंिफ्रजमा राख्नुपर्छ । त्यस्तै बिहानै पकाएको दाललाई दिउँसो खाँदा तातो बनाएर खानुपर्छ । बजारबाट किनेर ल्याएको तरकारीलाई धोएर पुछेर पेपर ब्यागमा राख्नुपर्छ । तरकारीलाई तीनदिन भित्र प्रयोगमा ल्याउन सक्नुपर्छ ।
  •  राम्रोसँग नपाकेको खानामा ब्याक्टेरियाहरु उत्पन्न हुनसक्छ । त्यसैले खाना छिट्टै खराब हुनबाट बचाउन राम्रोसँग पकाउन जरुरी छ । त्यसपछि फ्रिजमा राम्ररी राख्ने बानी बसाल्नुपर्छ । फ्रिजमा राखिएको खानालाई तताएर खाने गर्नुपर्छ । 

एजेन्सीको सहयोगमा

 

Last modified on 2017-06-16 16:03:06

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts