सुरक्षा नभएको भन्दै कान्तिका आवासीय चिकित्सकहरु विरोधमा



Download our app to get more features

काठमाण्डौं, ७ गते । कान्ति बाल अस्पतालमा बुधबार चिकित्सक माथि हातपात भएको विरोधमा आवासीय चिकित्सकहरुको संगठन रेजिडेन्ट डक्टर एशोसियसन नेपालले विरोध गरेको छ । चिकित्सक माथि हातपात गर्ने दोषीलाई कारबाही र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको सुरक्षाको प्रत्याभुत हुनु पर्ने माग राख्दै उनीहरुले आन्दोलन गरीरहेका छन् । 

सेवामा खटिएका चिकित्सक माथि हातपात गर्ने दोषीलाई सार्वजनिक मुद्धा नचलाइएसम्म आन्दोलन नरोक्न आवासिय चिकित्सक डा. सरोज गिरीले हाम्रो डक्टरलाई बताए । उनले भने ‘सम्बन्धीत दोषीलाई कारबाही नभएसम्म आकस्मिकबाहेका सेवा नदिने निर्णय गरेका छौं ।’

बुधबार मानसिक समस्याको उपचार गराउन अस्पताल ल्याइएका दुई वर्षिया बालक सोहन श्रेष्ठलाई लिएर आएका उनका ठूलाबुबा मोहन श्रेष्ठले ड्युटीमा खटिएका आवासीय चिकित्सक डा. मुकुन्द देवमाथी हातपात गरेका थिए ।

कान्तिबाल अस्पतालमा २९ जना आवासीय चिकित्सक रहेका छन् ।

आवासिय चिकित्सकले आन्दोलन जारी राखे पनि फ्याकल्टी चिकित्सकहरु काममा फर्कीएका छन् । डा. गिरीका अनुसार सम्बन्धित निकायले दोषी माथि शुक्रबारसम्म कारबाही नगरे उनीहरु पनि पुनः आन्दोलनमा आउने छन् ।


 

Last modified on 2017-06-16 16:03:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts