NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

बाथरोगीले औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा

बाथरोगीले औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा

Deurali Janta New Products Ad

काठमाडौँ, ७ वैशाख । बाथरोग नसासम्बन्धी समस्या हो । जोर्नीमा बाथरोगले बढी दःख दिन्छ । बाथरोगको उपचार हुन्छ । तर, जाँचपछि औषधि सेवन गर्ने क्रममा बिरामी धेरै नै सचेत हुनुपर्छ । बाथरोग विशेषज्ञको सुझावलाई हुबहु पालना नगरेको अवस्थामा रोगीको अवस्था जटिल बन्न सक्छ । तपाईँ पनि बाथरोगको औषधि सेवन गर्दै हुनुहुन्छ भने डा.विनय रेग्मीले ध्यान दिनुपर्ने कुरा बताएका छन् ः 

► बाथरोग औषधि धेरै किसिमका हुन्छन् भने सेवन पनि लामो समयसम्म गर्नुपर्ने हुन्छ । बिरामीले औषधि कहिलेसम्म खाने, कहिलेदेखि मात्रा घटाउँदै लैजाने र कति समय खाएपछि छाड्ने भन्ने प्रक्रिया पालना गर्नुपर्छ । सम्बन्धीत चिकित्सकको परामर्शमा मात्रै यसो गर्न सकिन्छ ।

► बाथरोगका औषधिहरु ‘इम्युनोसप्रेसिभ’ (रोगप्रतिरोधात्मक क्षमता कम गर्ने किसिमका) हुन्छन् । त्यसैले यी औषधिका असरबारे बिरामी जानकार हुनुपर्छ । यी औषधिले रगत कम गराउने, कलेजोमा असर पुर्याउने हुन्छ । यसकारण बिरामीले औषधिको असर बुझ्न चिकित्सकको सुझावअनुसार रगत र पिसाबको जाँच, एक्स–रे लगायत गर्नुपर्ने हुन्छ । चिकित्सकको सुझाव पालना नगर्दा नकारात्मक परिणाम निम्तिन्छ ।

► खाने औषधिबाहेक सुइमार्फत नसामा या छालाको बोसोमा पनि औषधि दिइन्छ, जसलाई बायोलोजिक्स भनिन्छ । यी सुईहरु कुनै हप्तामा दुई एक पटक त कुनै दुई महिनामा एक पटक दिइने किसिमका हुन्छन् । खाने औषधिले ठिक नगरेपछि सुई प्रयोग गरिन्छ ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

IPA Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top