काठमाडौंमा फेरि देखिदै स्वाइन फ्लु, कसरी बच्नेर ?



Download our app to get more features

स्वाइनफ्लु (इन्फ्लुएन्जा एच १ एन १ भाइरस) का कारण काठमाडौंमा एकजनाको मृत्यु भएको छ । काठमाण्डौंमा समय समयमा देखिने स्वाइन फ्लु फेरी देखिएको छ । यसले आमनागरिकमा एक किसिमको सन्त्रास समेत पैदा गरेको छ । 

स्वाइन फ्लु मानिसहरुमा चाडै फैलने एक किसिमको भाइरसले गर्दा स्वासप्रश्वास नलीमा हुने संक्रमण हो ।

स्वाइन फ्लू एक खतरनाक भाइरसको संक्रमणबाट लाग्दछ ।  मेक्सिकोको वेराक्रुजको एक सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएकाले यसलाई केही स्थानमा सुँगुर ज्वरो पनि भन्ने गरीन्छ । स्वाइन फ्लु संक्रमणका लागी विभिन्न ४ प्रकारका भाइरसहरु एच वन एन वन (H1N1) एच वन एन टु (H1N2) एच थ्री एन टु (H3N2) र एच थ्री एन वन (H3N1)लगायत  जिम्मेवार हुन्छन । 

कसरी फैलन्छ स्वाइन फ्लुर ?
सुँगुरबाट मानिसमा सर्ने H1N1 भाइरस नै यो रोगको कारक हो । सन् २००९ मा मेक्सिकोमा सुँगुरहरुबाट मानिसमा यो रोग सरेको प्रमाणित भएपछि यसलाई स्वाइन फ्लु भन्न थालिएको हो । त्यसपछि विश्व स्वास्थ्य संगठनले यसको विश्वव्यापी महामारी फैलिएको सतर्क गराएको थियो  ।

यो रोग सुँगुरहरुको नियमित सम्पर्कमा रहिरहने मानिसमा देखिने गर्दछ । त्यसपछि संक्रमित व्यक्तिहरुबाट हावाको माध्यमले यो रोग स्वस्थ मानिसमा फैलने गर्छ । रोगीले खोक्दा, हाछ्यु गर्दा, बोल्दा हावामा नदेखिने पानीका स(साना फोकाहरुबाट यो रोग फैलने गर्छ । आँखाले नदेखिने यो भाइरस सार्वजनिक स्थानहरु जस्तै बस स्टप, बाटो, पार्क आदिमा लामो समयसम्म रहन सक्छ । रेलिंग, ढोकाको ह्याण्डल, लिफ्ट, ताल्चा(साँचो जस्ता बस्तुहरुमा यो भाइरस जीवित रहन सक्ने भएकाले यो रोग मानिसहरुमा चाडै महामारीको रुपमा फैलने सम्भावना रहन्छ ।

स्वाइन फ्लुको लक्षणहरु के हुन्
यो रोगको लक्षण सामान्य रुघाखोकी वा फ्लु जस्तै देखिने गर्छ ।

  • ज्वरो आउने
  • खोकी लाग्ने
  • घाँटी दुख्ने
  • शरीर दुख्ने
  • टाउको दुख्ने
  • काम्ने
  • थकाई लाग्ने
  • आलस्य हुने
  • खान मन नलाग्ने
  • वान्ता हुने वा झाडापखाला लाग्ने

जाँच कसरी गर्नेर ?
संभावित महामारी देखिएको स्थानमा फ्लु वा रुघाखोकीको लक्षण देखिएमा स्वाइन फ्लुको शंका गर्नुपर्छ । स्वाइन फ्लु भाइरस नै फ्लु को कारण हो कि हैन भनेर छुट्टाउन भने प्रयोगसालामा  भाइरसको जेनिटिक जाँच गर्नुपर्ने हुन्छ ।

स्वाइन फ्लुको उपचार 
भाइरल फ्लु भएका कारणले यसको उपचार मुख्य रुपमा लक्षणहरु कम गर्ने र अन्य सहयोगी विधीहरु हुन आउछ । निम्न विधीहरु अपनाउन सकिन्छस्

  • आराम गर्ने
  • प्रसस्त पानी र झोल कुराहरु पिउने 
  • ज्वरो र दुखाइ कम गर्न आवश्यकता अनुसार सिटामोल र अन्य दुखाइ कम गर्ने औसधी
  • सिकिस्त विरामीहरुको हकमा नसाबाट सलाइन र शरीरको अन्य अंगहरुको नियमित निगरानी आवश्यक पर्न सक्छ ।
  • चिकित्सकको सल्लाहमा एन्टी( भाइरल औसधीहरु पनि प्रयोग गर्न सकिन्छ ।

स्वाइन फ्लुबाट कसरी बच्ने ?

  • बाहिर घुमेर आएपछि साबुन पानीले राम्रोसंग हात धुने, सकेसम्म हात नधोइकन आँखा, नाक र मुखलाई नछुने 
  • मास्कको प्रयोग गर्ने
  • विरामी भएको खण्डमा घरमै बस्ने
  • महामारी देखिएको स्थानमा सकेसम्म धेरै भिडभाडमा नजाने
  • सुंगुरको हेरचाह गर्ने व्यक्तिले विशेष सावधानी अपनाउने र सुँगुरहरुमा संकास्पद विमारी देखिएमा समयमै जाँच गराउने ।
     
Last modified on 2017-06-18 13:30:35

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts