बालबालिकामा हुने 'डिभाइस एडिक्सन' र यसको उपचार

What's This?


Download our app to get more features

काठमाण्डौ । आजभोली स्मार्टफोन र वाईफाई धेरै एडभान्स हुँदै गएको छ । साँचो कुरा के पनि हो भने यसको नकारात्मक पक्ष पनि उत्तिकै छ । किशोर अवस्थामा प्रबेश गरेसँगै स्मार्टफोनको लत लाग्ने समस्या बढ्दै गएको छ । यसरी हुने समस्याको समाधानका लागि न्यूयोर्कमा उपचार केन्द्रको समेत स्थापना गरिएको छ । 

बच्चामा इस्मार्टफोन लतको उपचार 
आजभोली बच्चाहरु लामो समय स्मार्टफोनमा भिडियो गेम खेल्न र वाईफाई चलाउन व्यस्त देखिन्छन् । यो एक प्रकारको लत हो । यो रोगको पनि उपचार गर्न सुरु गरिएको छ । अमेरिकाको न्यूयोर्कस्थित एक क्लिनिकमा स्मार्टफोनको लत भएका बच्चाहरुको उपचार हुने गरेको छ । 

एक मात्र उपचार केन्द्र 
केही समय अघि आएको स्काई न्यूटजको एक रिपोर्ट अनुसार न्यूयोर्कको सिएटलमा रहेको रिस्टार्ट लाइफ सेन्टर एक मात्र उपचार केन्द्र हो जहाँ डिजीटल लतबाट बालबालिकालाई छुटकारा दिलाइन्छ । सेरेनिटी माउण्ट नामक यो उपचार केन्द्रमा बिषेशगरी १३ बर्षदेखि १८ बर्षसम्मका बालबालिकालाई उपचार गरिन्छ । 

के भन्छन् चिकित्सक ?
रिस्टार्ट लाइफ सेन्टरका अनुसार एण्डलेस भिजुअल इफेक्सका कारण विश्वमा धेरै पारिवारिक सम्बन्धहरु बिग्रिएका छन् या सम्बन्धमा समस्या हुने गरेको छ । सेरेनिटी माउण्टका संस्थापक डाक्टर हिलारी कैशका अनुसार जब बच्चाको डिजीटल डिभाइस दिईन्छ त्यसले प्राकृतिक प्रकाश भन्दा कृतिम प्रकाशमा बच्चा रमाउन थाल्दछ । जसका कारण समाजमा चाँडै घुलमिल हुन सक्दैन । 

उपचारका लागि एक बर्षसम्म लाग्ने 
बालबालिकालाई डिजिटल एडिक्सन हटाउन ८ देखि १४ हप्तासम्म लाग्दछ । केही बालबालिकालाई भने एक बर्षसम्म लाग्ने बताइएको छ । एजेन्सी 

 

Last modified on 2017-06-18 13:35:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts