स्वस्थ र तन्दुरुस्त रहने केकीका १० सुत्र



Download our app to get more features

काठमाण्डौ । केकी अधिकारी नेपाली सिने जगतको एक स्थापित नाम हो । युवापुस्ताको मन मुटुमा बस्न सफल भएकी नायिकाको रुपमा उनलाई चिनिन्छ । मोडलिङ्गको दुनियाँबाट ठूलोपर्दाको सिनेमामा प्रवेश गरेकी केकीले हालसम्म सयवटा भन्दा बढि म्युजिक भिडियो र दर्जनौ फिल्ममा अभिनय गरिसकेकी छिन । 

फुर्सदको समयमा बिभिन्न प्रकारका पुस्तकहरु पढ्न, घुमफिर र सपिङ्ग गर्न रुचाउने उनि आफ्ना फ्यानहरुले आफुबाट कस्तो अभिनय रुचाउछन भन्नेमा सचेत भएको बताउँछिन् । सुन्दरताको राज के हो भन्ने जिज्ञासालाई मेटाउँदै हाम्रो डाक्टरसँगको कुराकानीमा उनले भनिन्– “म धेरै मेकअप गर्दिन,सकरात्मक सोचाई राख्ने कोशिस गर्छु, स्वास्थ्यका लागि मानसिक रुपमा स्फूर्त हुनु अत्यन्तै जरुरी भएकाले त्यसैले आफुलाई फिट राख्ने कोशिस गर्छु।”

केकी बिहान सधै ५ बजे उठ्ने रहेछिन् । फिटनेशका लागि नियमित दैनिक १० देखि २० मिनेट फिजीकल तथा मेन्टल रिफ्रेसमेन्टको लागि योगा गर्ने गरेकै हुन्छिन् रे । त्यसपछिको आधा घण्टा ट्रेडमिलमा दैडिने गर्दछिन । हरेक कुरालाई ‘पोजेटिभ भ्यू’ बाट हेरेर आफुलाई नकरात्मक कुराबाट टाढै राख्न खोज्नु, प्रशस्त पानी पिउनु नै उनि आफ्नो सुन्दरताको राज भएको बताउँछिन् । 

“पानीले शरीरका सबै अंगलाई रसिलो बनाइदिन्छ । शरीरमा भएका विकारलाई सजिलै बाहिर फालिदिन्छ । शरीरका विकार बाहिर गएपछि न रोग लाग्छ न रोगी भइन्छ । नियमित आधा घण्टा मात्र नियमित योग र सामान्य एक्सरसाईज गर्यो भने जो कोहि पनि सुन्दर देखिन्छ ।” उनि भन्छिन् ।

शरिरलाई फिट राख्न डाइटिङ कत्तिको गर्नुहुन्छ ? भन्ने प्रश्न नसकिँदै उनले भनिन् ‘अधिकाशं मानिस शरीरलाई सुगठित बनाउन केहि नखाई डाइटिङ गर्ने गरेको पाइन्छ, जुन गलत हो । म कहिल्यै डाइटिङ गर्दिन । बाहिरका खानेकुरामा सकेसम्म टाढै रहन्छु । ओइलिफुड धेरै खान्न । तर भोकै भने कहिल्यै बस्दिन । स्वास्थ्यको दृष्टिकोणले पनि नखाइनखाई डाईटिड गर्नु हानिकारक हुन्छ । नियमित सामान्य एक्सरसाइज गरेर चिल्लो पिरो खानेकुराबाट टाढै रहन सके डाइटिङको जरुरत नै पर्दैन ।’

मनिसले आफुलाई स्वस्थ राख्न आफुलाई समयसँगै अपडेट पनि राख्नुपर्ने उनको धारणा छ । त्यसबाहेक अनावश्यक रुपमा चिन्ता र तनाव नलिने र सकेसम्म रिसराग त्यागेर मुस्कुराउने कोशिस गर्ने हो भने रोग प्रतिरोधात्मक क्षमता आफै बढेर आउने उनको बुझाई छ ।
  
केकीको नजरबाट फिट रहन अपनाउनुपर्ने १० उपाय 

  • सकरात्मक सोच
  • समयको सहि व्यवस्थापन गर्ने
  • आफुलाई व्यस्त राख्ने 
  • समयसँग आफुलाई अपडेट राख्ने
  • नियमित एक्सरसाइज गर्ने
  • प्रशस्त पानी पिउने
  • बाहिरका खानेकुरा सकेसम्म नखाने 
  • सन्तुलित भोजन गर्ने
  • चिल्लो पिरो तथा मसलादार खानेकुरा कम खाने । 
  • नियमित स्वास्थ्य परीक्षण गर्ने
Last modified on 2017-06-11 13:32:23

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts