विज्ञान तथा वातावरण मन्त्रालयको चेतावनीपछि कान्ति बालअस्पताल जुट्यो फोहोर व्यवस्थापनमा



Download our app to get more features

काठमाण्डौं, ३ बैशाख । सरकारको केन्द्रीय कान्ति बाल अस्पताललाई इन्सिलेटर (अस्पतालजन्य फोहोर जलाउने मेशिन) सञ्चालन नगर्न विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले पत्राचार गरेपछि बल्ल फोहोरको एकीकृत व्यवस्थापन सुरु गर्ने तयारी गरिएको छ । 

मन्त्रालयले अस्पतालजन्य फोहोरले जलवायु प्रदुषणलाई बढावा दिने भन्दै इन्सीलेटर सञ्चालनमा रोक लगाएपछि अस्पतालले बाध्य भएर फोहोर व्यवस्थापनमा तदारुकता देखाएको हो । हालसम्म फोहोर व्यवस्थापन ठेक्कामा दिँदै आएको अस्पतालले यसै आर्थिकवर्ष भित्र काम सक्ने सहित एकीकृत फोहोर व्यवस्थापन सुरु गर्न लागेको हो । 

यसै आर्थिकवर्षभित्र काम सक्ने गरी एकीकृत फोहर व्यवस्थापन कार्यक्रम सुरु गर्ने तयारी गरिएको कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीले बताए । 
अस्पतालबाट निस्केका फाहोर बढी हानिकारक हुने भएकाले ती फोहोरले अस्पतालभित्र र बाहिर विभिन्न किसिमका जटिल रोग ल्याउन सक्ने भएकाले उपयुक्त तरिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ । स्वास्थ्य संस्थाहरुले पुनः प्रयोग हुनसक्ने फोहोरहरुपनि गाड्ने, खुला स्थानमा जलाउने तथा कवाडीलाई बेच्ने गरेका छन् । 

अस्पतालका निर्देशक डा. रायमाझीले भने ‘अस्पतालजन्य फोहोरको उपयुक्त व्यवस्थापनको व्यवस्था गर्ने उद्देश्यले यसै आर्थिकवर्ष भित्र सक्नेगरी क्रान्तिकारी योजनामा राखेका छौं ।’

अस्पतालजन्य फोहोरको जोखिमबाट आमनागरिकमा पर्ने असरलाई न्यूनिकरण गर्न अस्पतालले अव फोहोर संकलन गरी त्यस्ता फोहर उच्च तापक्रम(अटोक्लेभिङ)मा नष्ट गर्ने छ । यसबाट संकलन भएको सामान बिक्री गरी त्यसबाट आएको आम्दानीलाई अटोक्लेभिङ सञ्चालन गर्ने निर्देशक रायमाझीले बताए । 

अस्पताललाई रङ्गरोहन तथा कम्प्युटराइज गर्ने

कान्ति बाल अस्पतालले यसै आर्थिकवर्ष भित्र फोहोर व्यवस्थापनको साथै अस्पतालको रुप रेखा परिर्वतन गर्न रङ्गरोहन समेत गरिने निर्देशक रायमाझीले जानकारी दिए । साथै अस्पताललाई कम्प्युटराइज्ड समेत गर्ने अस्पतालको योजना छ । यसै आव भित्र ओपिडी बाहेक अस्पतालको सबै सेवालाई कम्प्युटराइज्ड प्रणालीमा लगिने अस्पतालको योजना छ ।

Last modified on 2017-04-16 20:02:51

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts