मनिषा कोइराला भन्छिन : धन्न मैले जीवनशैली परिवर्तन गरें ! (भिडियो सहित)



Download our app to get more features

काठमाण्डौं, १ बैशाख । अभिनेत्री मनिष कोइरालाले ‘म स्वस्थ–मेरो देश स्वस्थ’ भन्ने नारा सहित ‘मेरो वर्ष अभियान २०७४’ को सन्देश घर घरमा लिएर जान अनुरोध गरेकी छन् । 

स्वास्थ्य मन्त्रालयले आजबाट सुरु गरेको ‘म स्वस्थ–मेरो देश स्वस्थ’ अभियानमा बोल्दै अभिनेत्री कोइरालाले सन्देश घर घरमा फैलाउदै नयाँ वर्षको उपलक्ष्यमा आजदेखि नै प्रतिवद्धता स्वस्थ रहन अनुरोध गरेकी हुन् । 

अभियानको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दशरथ रङशालामा झण्डा फहराएर उद्घाटन गरेका छन् । 

सन् २०१२ मा क्यान्सरबाट पीडित भएकी कोइराला हाल स्वस्थ जीवन विताइरहेकी छन् । यसको प्रमुख कारण नै जीवनशैली परिवर्तन रहेको उनी बताउछिन् । ‘मैले अमेरीकाको राम्रो अस्पतालमा जाँच गराएर निको भएको छु’ कोइरालाले भनिन् ‘तर मैले जीवनशैली परिवर्तन नगरेको भए मलाई फेरी डिजिज आउने थियो ।’ 

मैले क्यान्सरबाट के सीके भने, आफ्नो स्वास्थ्यलाई हामी आफैले हेर्नु पर्छ नकी कसैले उनले भनिन् । आफ्नो जीवनलाई स्वस्थ राख्न कुनै ठूला ठूला कुरा गर्न नपर्ने, यसका लागि टाढा जानु नपर्ने बताउँदै कोइरालाले भनिन् साना साना कुराले पनि हाम्रो जीवन स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।  

नियमित व्यायाम गर्न सकेमा धेरै रोगबाट बच्न सकिनेमा उनले जोड दिइन् । व्यायमका लागि जिम जानु पर्छ भन्ने होइन नियमित घर वरिपरी हिड्डुल गर्न पनि सकिनेमा उनले जोड दिइन् । 

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-18 14:56:19

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts