बाथरोग लाग्ने कारण र बच्ने उपाय (भिडियो सहित)



Download our app to get more features

नेपालमा बाथ रोगीको संख्या धेरै छ । यद्यपी बाथ रोगलाई सामान्य रुपमा लिइन्छ । सबै मानिसलाई एकै प्रकारको बाथरोग लागेको हँुदैन । बाथरोग २ सयभन्दा बढी प्रकारका हुन्छन् । नेपालको सन्दर्भमा हड्डी दुख्नुलाई मात्र बाथ रोगको रुपमा लिइन्छ । तर हैन् अन्य रोगका कारण पनि बाथ रोग लाग्न सक्छ । के हो बाथ रोग ? बाथ रोग विशेषज्ञ डा.विनय रेग्मी यसो भन्छन् ...

सामान्यतया हाडजोर्नी दुख्ने समस्यालाई नै बाथ रोग भनिन्छ । शरीरमा रोग प्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) ले सही काम नगर्दा बाथ रोग लाग्ने गर्दछ । यो एक दीर्घ रोग हो । बाथ धेरै प्रकारका हुन्छन् । कहिलेकाहीँ बाथरोग अन्य कुनै रोगको लक्षणको रुपमा पनि देखा पर्छ ।

बाथ रोग लाग्ने कारण :
बाथ रोग लाग्ने कारण यही नै हो भन्ने स्पष्ट छैन । तर वातवरण, अस्वस्थ खानपान, विलासी जीवनशैली प्रमुख हो । 

बाथ रोगमा मूख्य लक्षण :
बाथको प्रकृति हेरेर लक्षणहरु देखापर्छ । तर, साधारणतया यस्ता लक्षण देखा पर्छन् । 

  • हड्डी, जोर्नी दुख्ने ।
  • जोर्नीहरु सुन्निने ।
  • बढी चिसो वा तातो वातवरणमा हड्डी बढी दुख्ने, करकर्् गरेर बज्ने ।
  • जोर्नी वरपरको छालामा निलो वा सेतो डाम देखिने ।
  • हात, खुट्टा बाँहुडिएको अनुभव हुने ।
  • हातखुट्टा अनुहार लगायतका मांशपेशीहरु कस्सिने ।
  • छाला नखुम्चने ।
  • मुख सुख्खा हुने । निल्दा गाह्रो पर्ने ।
  • आँखा सुख्खा हुने, बिजाउने,रातो हुने ।
  • मुख तथा गुप्ताङ्गहरुमा पटक–पटक घाउ खटिरा आउने ।
  • सुख्खा खोकी लागिरहने , कोही कोहीमा खोक्दा रगत देखा पर्ने ।
  • कुनै पनि रोग लागे उपचार गर्दा पनि निको हुन लामो समय लाग्ने ।

 यो रोग सबै उमेर समुहका मानिसलाई हुन्छ । तर तुलनात्मक रुपमा महिलामा बढी हुन्छ ।बाथको प्रकृति हेरेर खानपानमा सचेत हुनुपर्छ । 

बाथ रोग लागि सकेपछि यसको निरन्तर औषधि सेवन गर्नुपर्छ । अन्यथा अन्य रोग नथपिएला भन्न सकिन्न् ।

बाथ रोगलाई बेलैमा नियन्त्रणमा राखिएन भने मुटु, मृगौला, मश्तिष्क,छाला, आँखा, लगायतका अंगमा गम्भीर समस्या निम्ताउन सक्छ । यसर्थ वाथ लागिसकेपछि  बाथरोग विशेषज्ञको सल्लाह बमोजिम औषधि सेवन गर्नु उत्तम हुन्छ ।

भिडियो हेर्नुस् ।

Last modified on 2017-06-18 15:00:07

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts